६ आश्विन २०८१, आइतबार
सभामुख र पूर्वसभामुखबीच छलफल

सभामुख ज्यूलाई जनताको आदेश अनुसार जे गर्न पनि तयार रहनुस् भनेका छौं : पूर्वसभामुख घर्ती

प्रकाशित मिति :  25 May, 2021 4:25 pm


काठमाडौं । प्रतिनिधि सभा विघटन भएपछि सभामुख अग्नि सापकोटाले पूर्वसभामुखहरुसँग आज छलफल गरेका छन् ।

छलफलका लागि पूर्वभामुख रामचन्द्र पौडेल,कृष्णबहादुर महरा, ओनसरी घर्ती संसद भवन बानेश्वर पुगेका थिए भने तारानाथ रानाभाट भर्जुअली सहभागि भएका थिए ।

दमननाथ ढुंगाना स्वास्थ्यका कारण देखाएर उपस्थित भएनन् भने पूर्वसभामुख सुवासचन्द्र नेम्वाङ पनि उपस्थित भएनन् । छलफलमा पूर्वसभामुखहरुले आवश्यक परे सडकमै प्रतिनिधि सभाको बैठक बस्नुपर्ने सम्म सुझाव राखेका छन् । छलफलका क्रममा सभामुख सापकोटालाई पूर्वसभामुखहरूले के के सुझाव दिए त ? पूर्वसभामुख ओनसरी घर्तीको भनाई जस्ताको तस्तै :

हामीले परामर्शहरू फराकिलो पार्नुपर्छ भनेका छौं । अहिले जनताको तहबाट आएका सुझावहरूलाई अलि ठोस गर्नका लागि अझै परामर्श बढाउनुस् भनेका हौं ।

सभामुखले पनि थप छलफल अगाडि बढाउने नै सोंच्नु भएको छ । विज्ञहरूसँग सरोकारवालाहरुसँग, सचेत नागरिकहरुसँग, सांसदहरुसँग छलफल गर्दै जाँदा प्रतिनिधि सभा विघटन विरुद्व जनमत बन्छ भन्ने सुझाव राख्यौं ।

विघटन असंवैधानिक छ । जसरी विघटन गरियो जनताप्रति उत्तरदायी छैन र यत्रो कोभिडसँग लडिरहेका बेलामा संसद विघटन गर्नुपर्ने अवस्था लगायतका विषयमा विभिन्न चर्चा परिचर्चापनि भयो ।

संसद् विघटन कसरी भयो ? के भयो भन्ने विषयमै एकमत नहुनपनि सक्थ्यो तर हामी छलफलमा सहभागि पूर्वसभामुख सबै एकमत भयौं । ४ वटा विकल्प हुँदाहुँदै, सांसदहरूले बहुमत देखाउँदादेखाउँदै विघटन गर्नुभनेको त एकदमै असंवैधानिक हो नि ।

यसमा प्रधानमन्त्री मात्रै नभएर राष्ट्रपति ज्यू पनि मुछिनु भएको छ । राष्ट्रपति त संविधानको रक्षक हो तर उहाँ नै भक्षक बन्नुभयो भन्ने कुरामा हामी एकै मत भयौं ।

सभामुखज्यूलाई अरुबेला पनि परामर्श चाहियो भने गर्ने तर अहिलेलाई एउटा वातावरण बनाउन उचित हुन्छ भन्ने हामीले सुझाव दिएका छौं । अदालतलाई पनि हामीले मद्दत गर्नुपर्‍यो । अदालतमा निवेदन गाको छ । विभिन्न प्रकारको दाबाव ।

उहाँहरूलाई दबावपनि हुन सक्छ किन भने एकदमै । निरकुंश सरकार छ । हामीले आम रुपमा सकारात्मक वातावरण बनाउनु पर्‍यो । यसका लागि सबैसँग परामर्श गरौं भनेका छौं । सभामुखले सकेसम्म सबैतिर वातावरण बनाउनुहुन्छ । यसकालागि पहलकदमी लिन सुझाव दिइएको छ । उस्तै पर्दा जनताको आदेश अनुसार जेपनि गर्न तयार हुनुपर्छ र सभामुख तयार हुनुपर्छभनेका छौं ।



प्रतिक्रिया दिनुहोस !