७ माघ २०८१, सोमबार

गण्डकी प्रदेशमा १,५४९ जना कोरोना संक्रमित थपिए, १९ को मृत्यु

प्रकाशित मिति :  25 May, 2021 5:21 pm


काठमाडौं । गण्डकी प्रदेशमा १,५४९ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले सार्वजनिक गरेको पछिल्लो २४ घण्टाको तथ्याङ्क अनुसार ६९४ जना महिला र ८५५ जना पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको हो ।

संक्रमित मध्य ४४० जना कास्कीमा मात्रै छन् । त्यस्तै स्याङ्जामा २४०, लमजुङ्मा २३९, गोरखामा २२३, नवलपरासी पूर्वमा १५६, जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । त्यस्तै पर्वतमा ९२, म्याग्दीमा ५१, मुस्ताङमा ४४ र बागलुङमा २ जना कोरोना संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टामा मनाङ र म्याग्दीमा भने कोरोना देखिएको छैन ।

निर्देशनालयका अनुसार पछिल्लो २४ घण्टामा १९ जनाको मृत्यु भएको छ । मृतक मध्य कास्कीमा ९, स्याङ्जा र तनहुँमा २/२ तथा मुस्ताङ, पर्वत, गोरखा, लमजुङ, बागलुङ र नवलपरासी पूर्वमा १/१ जनाको मृत्यु भएको छ ।



प्रतिक्रिया दिनुहोस !