काठमाडाैंमा निषेधाज्ञा थप कडा: वाकमा निस्किए कारवाही, खाद्यान्न र खुद्रा पसल बन्द हुने (सूचना सहित)
काठमाडौं ।
उपत्यकामा जारी निषेधाज्ञा आउँदो जेठ २० गते राती १२ बजेसम्म लम्ब्याइएको छ । पहिले चरण काेराेना महामारीकाे बन्दाबन्दी भन्दा पनि कडा व्यवस्था गर्दै निषेधाज्ञा एक साता लम्ब्याउने निर्णय गरिएकाे हाे
निषेधाज्ञालाई थप कडाइ गरिएको छ । मर्निङ वाक इभिनिङ वाकमा निस्कन नपाइने, अत्यावस्यक काम नपरी घर बाहिर निस्कन नपाइने व्यवस्था गरिएको छ ।
उपत्यकाका काठमाडौं, ललितपुर र भक्तपुर तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको वैठकले संक्रमणको जोखिम कायम रहेको भन्दै १३ गतेसम्मको निषेधाज्ञामा एक साता थप गरेका हुन् ।
मास्क नलगाएकालाई पनि पहिलो पटक १ सय र दोस्रो पटक २ सय जरिवानामा कडाइ गरिने भएको छ । सार्वजनिक कार्यक्रमहरु
विवाह ब्रतबन्धमा यसअघि १० जना भनिएकोमा अब ७ जना मात्र उपस्थित हुन पाउने व्यवस्था गरिएको छ । एउटा गाडिलाई मात्र पास दिइनेछ ।
एक हप्तामा हरियो तरकारी, फलफूल र मासुजन्य पदार्थहरु, दुध लगायतका अत्यावस्यक खाद्य पदार्थ खरिद गर्न दिइनेछ । तर, एक हप्तालाई खाद्यान्न र डिपार्टमेन्टल स्टोरसमेत बन्न गरिने भएको छ ।
एक हप्ताका लागि खाद्यान्न, किराना पसल र डिपार्टमेन्टल स्टल पनि खरिद गर्न पाइने छैन । दुइ दिन भित्र खाद्यान्नकाे जाेहाे गर्न प्रशासनले भनेकाे छ ।
एक साता सार्वजनिक तथा नीजि निर्माण पनि राेकिएकाे छ भने निर्माण सामग्री ढुवानी पनि गर्न पाइने छैन ।
यस्ताे छ सूचनाः