हकप्रद सेयर निष्काशन गर्न आइएमआई जनरल इन्स्योरेन्सले पायो अनुमति
प्रकाशित मिति : 26 May, 2021 1:44 pm
काठमाडौं । आइएमआई जनरल इन्स्योरेन्स कम्पनीलाई धितोपत्र बोर्डले हकप्रद सेयर निष्काशनको अनुमति दिएको छ ।
बिमा समितीबाट हकप्रद निष्काशनको अनुमति पाएपछि अब कम्पनीले अन्तिम स्विकृतिका लागि धितोपत्र बोर्डमा निवेदन दिने बाटो खुलेको छ ।
धितोपत्रबोर्ड बाट हकप्रद निष्काशनको अनुमति पाएपछि यो कम्पनीको १०० कित्ता सेयर हुने लगानीकर्ताहरुले ४० कित्ता हकप्रद सेयर प्राप्त गर्न सक्नेछन् ।
कम्पनीको गत बैशाख १२ गते सम्पन्न २३ औ वार्षिक साधारणसभाबाट ४० प्रतिशत हकप्रद सेयर निष्काशनको प्रस्ताव पारित भएको थियो । साधारणसभाबाट प्रस्ताव पारित गरिसकेकोले स्वीकृति प्रदान गरिएको समितिले जनाएको छ ।