७ मंसिर २०८१, शुक्रबार

कुरा सबैका सुनौं, तर चिकित्सकको सुझावलाई अपनाऔं

प्रकाशित मिति :  26 May, 2021 3:26 pm


भैरहवा कर कार्यालयमा उपसचिवको दरबन्दीमा राजधानी काठमाडौंबाट भैरहवा आएको ५ महिनाजति भएको थियो । गत वैशाख १३ गते बिहीबार मलाई अनायसै एक्कासी पहिलो पटक कोभिड–१९ संक्रमणको शंका लाग्यो ।

त्यस दिन ख्याक्क–ख्याक्क खोकी लाग्यो । त्यो पनि एकजना अन्नय डा. मित्रसँग म्यासेन्जर कलमा कुरा गर्दा । खोकी सुनेपछि उनले कतै कोरोना त भएन भनेर शंका जताए । मैले हैन होला भन्ने जवाफ फर्काएँ । त्यतिञ्जेलसम्म म सुरक्षित नै छु भन्ने लागेको थियो । तर संक्रमण भइसकेको रहेछ । यद्यपि, चेकजाँच नगरेकोले खासै ध्यान दिएन् ।

शनिबार एकजना साथीको घरमा खाना खान बोलाएकोले पुगेँ । तर नुहाउँदा पछाडि पट्टी जनैले चिलाउने क्रममा केही दुखेजस्तो महशुस भयो । त्यो पनि सामान्य मात्र थियो । त्यो दिन पनि त्यसै बित्यो । आइतबार कार्यालय पुगेँ । खासै त्यस्तो लक्षण केही थिएन तर पनि सर्तकता भने अपनाएँ । आइतबार छातीमा सामान्य दुखाइ (शिवियर पेन) महसुस भयो ।

अर्को दिन चिकित्सकसँग फेरि सम्पर्क गरे । चिकित्सक मित्रले लक्षण बताउँदै गएपछि र पक्कै संक्रमण भएको विश्वस्त रहे । तर, पनि नजचाउँदै भन्न सक्ने अवस्था थिएन । भोलिपल्ट (१९ गते) बुटवल पुगेर एक निजी ल्याबमा चेकजाँचका लागि स्वाब दिएर फर्किए । भोलिपल्ट बुधबार पूर्वअनुमानअनुसार नै संक्रमित नतिजा आयो ।

‘मोरल्ली प्रिपेयर’ भइसकेकोले खासै दुःखी र आश्चर्य हुनु परेन । परिवार सबै राजधानीमै रहेकोले कार्यालयको निवासमा एक्लै थिएँ । अरुलाई सर्छ भन्ने डर पनि भएन ।

खाना बनाउने सहयोगी भाइ दामोदर ज्ञवाली त्यही निवासमा संँगै बस्थे । उनलाई नसरोस् भन्नेमा सर्तक नै रहेँ । त्यहाँ मलाई रेखदेख गर्नेदेखि खानपिनको व्यवस्था गर्ने उनै थिए । उनले आफूलाई सर्तक राख्दै मलाई आइसोलेसनमा सेवा सुश्रुसा गरिरहे । झोलिलो सुप बनाउनु, खुवाउनु, समय समयमा खाना खुवाउनुमा उनले निकै योगदान गरे । स्वस्थ्ययुक्त खाना क्यालोरीलाई ध्यान दिँदै लिइरहे । खाना नमिठो र स्वाद नआउने पनि भएन् । त्यसले खासै कठिन पनि भएन ।

परीक्षण नतिजा आउँदा ‘सिटी भ्यालु डाउन’ (१४) भइसकेको रहेछ । तर अक्सिजनको मात्रा ९४ थियो त्यसले डराउनु पर्ने अवस्था भने थिएन । एक मनले अस्पताल नै जाउँ कि भन्ने पनि लाग्यो । तर मेरो चिकित्सक साथी एसएस शर्मासँगको निरन्तर सम्पर्क र काउन्सिलिङले म ढुक्क भएँ । मलाई अस्पताल पनि जानु परेन । डा.अमृत र शर्माजीसँगको परामर्श र सम्पर्कका कारण मेरो मनोबल कमजोर हुन पाएन् ।

उहाँहरूकै सल्लाहमा केही एन्विायोटिक पनि लिए । विहान–साँझ वाफ निरन्तर लिइरहेँ । एक्लै कोठामा बस्दा मोबाइल मेरो साथी बन्यो । तर आफन्त साथीभाइसँग सम्पर्कमा रहे पनि कुराकानी भने सीमित मात्रसँग रह्यो । करिब १२ दिन ‘भर्बल’ सम्पर्क बिच्छेद नै गरे ।

परिवारसँग टाढा भएर नै बस्दा अघिपछि एक्लो महसुस पनि भएन तर एक दिन बुटवलबाट सहोदर भाइ भेट्न आउँदा एकान्त बसेको अनुभव भयो । किनभने न छाइछुई, हुने, न नजिकबाट भलाकुसारी गर्न पाइने । त्यति बेला अलि नरमाईलो लाग्यो । करिब १३ दिनपछि चिकित्सकको सल्लाह र सुझावमा परीक्षण गरेँ । भोलिपल्ट नतिजा नेगेटिभ आयो । मन चंगा भयो । तर कमजोरी भने अहिलेसम्म कायम छ । अझै पनि उच्च सर्तकता अपनाई रहेको छु ।

एकान्त बस्दा स्नेह प्रकट गर्नु हुँदै सल्लाह र सुझाव प्रकट गर्नुहुने सबैप्रति आभार प्रकट गर्दछु । साथै कार्यालय सहयोगी भाइ दामोदर र डा.एसएस शर्मालाई अन्तर हृदयदेखि आभार प्रकट गर्न चाहन्छु । कतिसम्म भने सल्लाह र सुझावको बाढी नै लाग्दो रहेछ । त्यसलाई स्नेहका रूपमा लिए । तर के गर्ने वा नगर्ने भन्ने चिकित्सकको सुझावलाई अन्तिम मानेर अपनाएँ । अरुलाई पनि त्यही सुझाव दिन्छु, सबैका कुरा सुनौं, तर विवेक आफ्नो प्रयोग गरौ ।

चिकित्सकको सम्पर्कमा बसौं । कोरोना केही हैन भन्ने मूर्खता कसैले पनि नगरौं । उच्च मनोबल नै पहिलो उपचार हो ।
संक्रमण कालमा दैनिक प्राणायम, अनुलोम, बिलोमलाई दैनिकी बनाएँ । त्यसले पनि शारीरिक अवस्थालाई कमजोर हुन दिएन । त्यसका अतिरिक्त सन्तुलित आहारलाई अपनाएँ । कोरोनाको अनुभवले जीवनमा स्वास्थ्य सर्तकता र वर्तमानको अवस्था अझै नजिकबाट अनुभव हुन पुग्यो । तर अस्पताल जानु नपरेकोले कुनै भयावहलाई देख्नु परेन् । माक्स लगाउनु, साबुन पानीले हात धुने कार्यलाई सामान्य नठानौं ।

त्यस अवधिमा मनमा उत्पन्न भावना र विचारलाई उनले संक्रमण मुक्त भएपछि आफ्नो सामाजिक संजालमा ‘संक्रमितहरुले पनि उच्च सर्तकता अपनाउँदै अरुलाई संक्रमित हुनबाट बचाउन ध्यान दिऔं भन्न चाहन्छु । सुन्नु र आफै भोग्नु फरक रहेछ ।

सोच्छौँ, बलिका लागि पालो कुरेको जनवारको मनोभावना तर हामीले अनुभूत गर्न सक्ने कुरा भएन् । संक्रमित भइ बस्दा समाजिक सञ्जालमा आउने आफू जस्तैका संवेदनाको तस्बीर र अक्सिजन अभावले छट्पटिएर ज्यान गुमाएका समाचार सुन्दा भने त्यो बलिको लागि लाइनमा रहेको जनवारको मनोभावना अनुभूत हुने रहेछ ’ भनेर व्यक्त गरेका छन् ।

 



प्रतिक्रिया दिनुहोस !