७ माघ २०८१, सोमबार

रुपन्देहीमा थपिए ३०८ जना कोरोना संक्रमित,सबैभन्दा धेरै बुटवल उपमहानगरपालिकामा

प्रकाशित मिति :  26 May, 2021 5:28 pm


रुपन्देही । रुपन्देहीमा ३०८ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य कार्यालय रुपन्देहीले सार्वजनिक गरेको पछिल्लो २४ घण्टाको विवरण अनुसार १,१५५ जनाको कोरोना परीक्षण गर्दा ३०८ जनामा संक्रमणको पुष्टि भएको हो ।

संक्रमित मध्ये बुटवल उपमहानगरपालिकामा ८८, सिद्धार्थनगर नगरपालिकामा ३७, तिलोत्तमा नगरपालिकामा २५ ओमसतिया गाउँपालिकामा ३९, देवदह नगरपालिकामा ३७ जना रहेका छन् । यस्तै पछिल्लो २४ घण्टामा १ जनाको मृत्यु भएको छ । रुपन्देहीको कोरोना संक्रमितको विवरण यस्तो छ :



प्रतिक्रिया दिनुहोस !