नेपाललाई १० लाख डोज कोरोना खोप अनुदान सहयोग दिने चीनको घोषणा
प्रकाशित मिति : 26 May, 2021 5:56 pm
काठमाडौं । चीनका राष्ट्रपति सि जिन फिनले नेपाललाई अनुदानमा एक मिलियन अर्थात १० लाख डोज कोरोन विरुद्वको खोप उपलब्ध गराउने घोषणा गरेका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीसँग आज भएको टेलिफोन वार्ताका क्रममा चिनियाँ राष्ट्रपति सिले कोरोना खोप अनुदानमा उपलब्ध गराउने घोषणा गरेका हुन् ।
During today's phone conversation with Nepali President Bidya Devi Bhandari, Chinese President Xi Jinping announced that China will provide 1 million doses of COVID-19 vaccines to Nepal under grant assistance. pic.twitter.com/0d2OWT2mYd
— Ambassador Hou Yanqi (@PRCAmbNepal) May 26, 2021
नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले सामाजिक सञ्जाल ट्वीटरमार्फत जानकारी गराएकी हुन् । नेपालले कोरोना खोप भित्राउन नसकिएरहेका बेला चीनको उक्त सहयोगको घोषणा भएको हो ।