७ माघ २०८१, सोमबार

एनआरएनए अफ्रिकाद्वारा पाल्पामा ३५२ थान भरिएका अक्सिजन सिलिण्डर सहयोग

प्रकाशित मिति :  26 May, 2021 9:26 pm


पाल्पा । एनआरएनए अफ्रिकाले पाल्पा जिल्ला अस्पताल र पाल्पा जिल्लाका स्थानीय तहका स्वास्थ्य केंद्रहरूलाई भारिएका अक्सिजन सिलिण्डर हस्तान्तरण गरिएको छ ।

एनआरएनए अफ्रिकाको तत्काल अक्सिजन सहयोग अभियान अन्तरगत एनआरएनए कङ्गोको संयोजन र लायन्स क्लब डिष्ट्रिक्ट ३२५ बी टू एरिया ४ को व्यवस्थानको सहयोगमा ३५२ वटा रिफिल अक्सिजन सिलिण्डर हस्तान्तरण गरिएको हो ।

पाल्पा अस्पताल , मिसन अस्पताल , एलएमसी , रामपुर नगरपालिका, निस्दी, पूर्वखोला, रम्भा, बगनास काली, तीनाउ, माथागढी , रिब्दीकोट र रैनादेवी पालिकाका स्वास्थ्य चौकी र आइसोलेसेन सेन्टरलाई भरिएका सिलिण्डर उपलब्ध गराइएएको हो ।

संघ र लायन्स क्लबको तर्फबाट सिलिन्डर हस्तान्तरण एरिया चिफ लायन सन्दिप कसौधनले गरेका थिए भने आर्थिक संयोजन एनआएनए कङ्गोका अध्यक्ष अमृत क्षेत्रीले गरेका थिए ।

एनआरएनए अफ्रिकाका क्षेत्रीय संयोजक रोशन थापाले पाल्पाका सबै स्थानीय तहसम्म थोरै भए पनि तत्काल आबश्यक अक्सिजन पुगाउन सकिएकोमा खुशी व्यक्त गरे । उनले सहयोग गर्ने लायन्स क्लब र सबै दाताहरुमा हार्दिक आभार व्यक्त गरे ।



प्रतिक्रिया दिनुहोस !