६ आश्विन २०८१, आइतबार

२०७५ जेठ २ को पूर्ववत अवस्थामा फर्किए पार्टी एकता जोगाउने इमान्दार प्रयास हुन्छ : नेता विष्ट

प्रकाशित मिति :  27 May, 2021 8:35 am


काठमाडौं । नेता गोकर्ण विष्टले २०७५ जेठ २ गतेभन्दा पहिलेको अवस्थामा फकिए नेकपा एमालेको एकता जोगाउन अन्तिम क्षणसम्म इमान्दार प्रयत्न गर्ने बताएका छन् ।

स्थायी कमिटीबाट राजीनामा दिइसकेपछि पनि नेता विष्टले एकाताका लागि अन्तिम क्षणसम्म प्रयत्न गर्ने बताउका छन् । उनले भनेका छन्,“नेकपा एमाले र जनसंगठनका सबै तहका कमिटीहरूलाई २०७५ जेठ २ को पूर्ववत अवस्थामा फर्काएर पार्टी एकतालाई जोगाउन हाम्रो तर्फबाट अन्तिम क्षणसम्म इमान्दार प्रयत्न रहनेछ ।”

राष्ट्र, जनता, लोकतन्त्र र कम्युनिस्ट आन्दोलनको रक्षाका लागि सही विचार र कार्यदिशा अवलम्बन गरेको सवल एवं एकीकृत पार्टीले मात्रै महत्वपूर्ण जिम्मेवारी निर्वाह गर्न सक्ने उनको भनाई छ ।

नेकपा एमालेको स्थायी कमिटी बैठकले वरिष्ठ नेता माधवकुमार नेपाल,झलनाथ खनालसहितका ११ जना नेतालाई साधारण सदस्यसमेत नरहने गरेर कारबाही गरिसकेको छ ।

बाँकीलाई स्पष्टिकरण सोधिएपनि उनीहरूले राजीनामा दिइसकेका छन् । तर, विष्टले २०७५ जेठपहिलेको अवस्थामा फर्काएर पार्टी एक बनाउन सकिने बताएका हुन् ।



प्रतिक्रिया दिनुहोस !