सल्यानमा उपचाररत थप चार जना कोरोना संक्रमितको मृत्यु, मृतकमध्ये एक जना रोल्पाका
प्रकाशित मिति : 27 May, 2021 9:27 am
दाङ । सल्यानमा कोरोना संक्रमित थप चार जनाको मृत्यु भएको छ ।
गएरातीदेखि आज बिहानसम्म सल्यान जिल्ला अस्पतालमा उपचार गराईरहेका चार जनाको मृत्यु भएको अस्पतालले जनाएको छ ।
मृत्यु हुनेमा शारदा नगरपालिका ५ का ५१ वर्षीय पुरुष, शारदा नगरपालिका १५ का ७७ वर्षीय पुरुष, बागचौर नगरपालिका वडा न ९ का ६२ वर्षीय पुरुष र रोल्पा गंगादेव गाउँपालिका ३ की ६१ वर्षीया एक महिला रहेको स्वास्थ्य सेवा कार्यालय सल्यानका कोरोना फोकल पर्सन रिखाराम पुनले जानकारी दिएका छन् ।