७ माघ २०८१, सोमबार

सुदूरपश्चिम प्रदेशका प्रथम प्रदेश प्रमुख मल्लको निधन

प्रकाशित मिति :  27 May, 2021 10:58 am


काठमाडौं । सुदूरपश्चिम प्रदेशका प्रथम प्रदेश प्रमुख मोहनराज मल्लको उपचारका क्रममा निधन भएको छ ।

लामो समयदेखि निमोनियाको उपचार गराइरहेका मल्लको काठमाडौँस्थित निदान अस्पतालमा आज बिहान ७ बजे निधन भएको मल्लका तत्कालीन स्वकीय सचिव धनसिंह साउदले जानकारी दिए ।

चार दशकभन्दा बढीको समय कैलालीमा राजनीति गरेका मल्ल राष्ट्रिय पञ्चायत सदस्य हुँदै नेपाली कांग्रेसको महासमिति सदस्यसमेत भएका थिए ।

पहिले राप्रपाको राजनीति गरेका मल्ल २०७० सालको दोस्रो संविधानसभाअघि कांग्रेस प्रवेश गरेका थिए । विसं २०७४ माघ ३ गते प्रदेश प्रमुख नियुक्त भएका मल्लले माघ ८ गते शपथ लिएका थिए ।

उनी २०७६ सालको कार्तिक १७ गते पदमुक्त भएका थिए। मल्लका एक छोरा र एक छोरी छन् ।



प्रतिक्रिया दिनुहोस !