६ आश्विन २०८१, आइतबार

मतदातालाई प्रभावमा पार्ने बजेट नल्याउन ५ जना पूर्व प्रमुख निर्वाचन आयुक्तको आग्रह

प्रकाशित मिति :  27 May, 2021 11:49 am


काठमाडौं । ५ जना पूर्व प्रमुख निर्वाचन आयुक्तले मतदातालाई प्रभावमा पार्ने गरी कुनै किसिमका नयाँ नीति तथा कार्यक्रम वा बजेट बिनियोजन नगर्न सरकारको ध्यानकर्षण गराएका छन् ।

आज संयुक्त विज्ञप्ति जारी गर्दै उनीहरुले काम चलाउ सरकारले अगामी अर्थिक बर्षको बजेट ल्याउदा स्वच्छ,स्वतन्त्र एवं निष्पक्ष निर्वाचनका लागि समान प्रतिस्प्धानको सिद्धान्तमा रहन भनेका छन् ।

सरकारले अध्यादेश मार्फत बजेट ल्याउने तयारी गरिरहेका बेला पूर्वप्रमुख निर्वाचन आयुक्तहरू सूर्यप्रसाद श्रेष्ठ, भोजराज पोखरेल, नीलकण्ठ उप्रेती,डा. अयोधिप्रसाद यादव र दोलखबहादुर गुरूङको यस्तो आग्रह आएको हो ।



प्रतिक्रिया दिनुहोस !