६ आश्विन २०८१, आइतबार

प्रतिनिधि सभा विघटन विरुद्व परेका १९ रिट संवैधानिक इजलासमा पठाउन सर्वोच्चको आदेश

प्रकाशित मिति :  27 May, 2021 2:11 pm


काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटन विरुद्व परेका १९ रिटलाई संवैधानिक इजलासमा पठाउन आदेश दिएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको एकल इजलासले आज सबै १९ रिटको प्रारम्भिक सुनुवाई गर्दै संवैधानिक इजलासमा पठाउन आदेश दिएको हो ।

संवैधानिक इजलासमा यसअघि नै ११ वटा रिट दर्ता भइसकेका छन्।

प्रतिनिधि सभा विघटन विरुद्ध परेका सबै ३० वटा मुद्दाको सुनुवाइ भोलि शुक्रबार संवैधानिक इजलासमा हुने सर्वोच्च अदालतले जनाएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले ८ जेठमा प्रतिनिधि सभा विघटन गर्दै कात्तिक र मंसिरमा मध्यावधि चुनाव घोषणा गरेकी थिइन् ।

यसका विरुद्ध विपक्षी गठबन्धनका पाँच दलका १४६ जना सांसद् र कानून व्यवसायीले सर्वोच्चमा रिट दायर गरेका थिए ।



प्रतिक्रिया दिनुहोस !