७ माघ २०८१, सोमबार

अर्घाखाँचीको छत्रदेव गाउँपालिकामा स्वास्थ्य बिमा प्रभावकारी

प्रकाशित मिति :  27 May, 2021 3:10 pm


अर्घाखाँची । अर्घाखाँचीमा छत्रदेव गाँउपालिकामा स्वास्थ्य विमा कार्यक्रम निकै प्रभावकारी देखिएको छ । अहिलेसम्म गाउँपालिकामा ११०० घर धुरीका ५५०० जनाले स्वास्थ्य बिमा गरेका छन् ।

गाँउपालिकामा बिमा कार्यक्रमपछि स्वास्थ्योपचारका लागि निकै सहज भएको स्थानीय बासिन्दा विमला नेपालीले बताइन् । सरकारले ल्याएको स्वास्थ्य बिमा कार्यक्रम अनुसार सहुलियत दरमा औषधि पाएपछि निकै राहत मिलेको उनी बताउछिन् ।

अर्घाखाँची जिल्लाको छत्रदेव गाँउपालिका –३ निवासी नेपालीले भनिन्,“सरकारले बिमा गरिदिएकाले पाँच जनाको परिवारका सदस्यले निःशुल्क उपचार पाएका छौँ ।”

स्थानीय घनश्याम खनालले आफू शारीरिक रुपमा अशक्त भएर केही गर्न नसक्ने अवस्थामा पनि उपचारमा बिमा कार्यक्रमले निकै सहयोग पुगेको बताए ।

छत्रदेब गाँउपालिका बिमा फोकल पर्सन तथा निमित्त कार्यालय प्रमुख विष्णु खनालले १,१०० घरधुरीका झण्डै ५५ सय जनाको स्वास्थ्य बिमा गराइएको उनले बताए ।

कोरोना महामारीको बेलामा पनि दैनिक ५० देखि ६० जनाकोे स्वास्थ्य मापदण्ड पालना गरी औषधी उपचार गरिएको ल्याब असिन्टेण्ट होमनाथ विकले जानकारी दिए ।

स्वास्थ्य बिमा कार्यक्रमले जेष्ठ नागरिक आर्थिक अवस्था न्यून भएका लागि निकै फाइदा पुगेको वडा न २ का वडा अध्यक्ष राजेश कुमार पन्थीले बताए । गाँउपालिका निम्न आयश्रोत भएका , विपन्न जेष्ठ नागरिकलाई निकै सहज भएको बिमा कार्यक्रम निकै फलदायी भएको गाँउपालिका अध्यक्ष लेखनाथ पोख्रेलले बताए ।

स्वास्थ्य केन्द्रमा एमबीबीएस डाक्टर सहित प्रयोगशाला सम्वन्धी जाँच एक्सरे भिडियो एक्सरे लगायतका सेवाहरू दैनिक सञ्चालन हुने गरेको अहेब यादब खनालले बताए ।



प्रतिक्रिया दिनुहोस !