७ माघ २०८१, सोमबार

एनआरएन अफ्रिकाद्वारा नवलपरासी र इलाममा १७० थान रिफिल अक्सिजन सिलिण्डर हस्तान्तरण

प्रकाशित मिति :  27 May, 2021 3:31 pm


काठमाडौं । एनआरएन अफ्रिकाले नवलपरासी र इलाममा १७० थान अक्सिजन सिलिण्डर सहयोग गरेको छ । नवलपरासीको चिसापानी अस्पताललाई ७० थान रिफिल अक्सिजन सिलिन्डर हस्तान्तरण गरिएको छ ।

एनआरएनए राष्ट्रिय समन्वय समिति कङ्गोको आर्थिक सहयोग र लायन्स क्लब डिष्ट्रिक्ट ३२५ बी २ एरिया ४, लायन्स कल्ब अफ नवलपरासी दाउन्ने को व्यवस्थापनमा चिसापानी अस्पताल ,आइसोलेसेन सेन्टरलाई उक्त अक्सिजन सिलिण्डरहरु हस्तान्तरण गरिएको हो ।

संघ र लायन्स क्लबकोतर्फबाट उक्त सिलिन्डरहरू चिसापानी अस्पताललाई लायन्स क्लव अफ नवलपरासी दाउन्नेका अध्यक्ष लायन रामचन्द्र अधिकारी र समाजसेवी तीलबहादुर क्षेत्रीले संयुक्त रुपमा हस्तान्तरण गरेका छन् ।

एनआरएनएको अफ्रिकाका सबै राष्ट्रिय समन्वय समितिहरुका तर्फबाट लुम्बिनी क्षेत्रको संयोजन कङ्गो अध्यक्ष अमृत क्षेत्रीले गरिरहेका छन् ।
यस्तै इलाम जिल्ला अस्पताललाई १ सय थान रिफिल सिलिन्डर उपलब्ध गराइएको छ ।

सिलिन्डरको रिफिल गर्न आर्थिक सहयोग अभियानका लागि अफ्रिका क्षेत्रीय संयोजक रोशन थापाले गरेका हुन् । थापाको नेतृत्वमा एनआरएनए अफ्रिकाले ‘मातृभूमिमा तत्काल अक्सिजिन सहयोग अभियान’ चलाइरहेको छ ।

अभियानले दश जिल्लाका अस्पतालहरुलाई हालसम्म १०५ भरी सिलिन्डर खरिद सहित र १००० भन्दा बढी रिफिल अक्सिजन सिलिन्डर सहयोग पुराइसकेको छ । थापाले व्यक्तिगततफ बाट समेत ३ लाख रुपैयाँ यो अभियानमा सहयोग गरिसकेका छन् ।

हालसम्म अफ्रिकाका एनआरएनए र अन्य दाताहरुबाट समेत अभियानले ३० लाख सहयोग जुटाई मुलत अक्सिजन सिलिन्डर र स्वास्थ्य सामाग्री सरकारी अस्पताल र स्वास्थ्य केन्द्रहरुलाई सहयोग गरिसकेको छ ।



प्रतिक्रिया दिनुहोस !