७ माघ २०८१, सोमबार

गण्डकी प्रदेशमा १,७३३ जना कोरोना संक्रमित थपिए,१७ जनाको मृत्यु

प्रकाशित मिति :  27 May, 2021 5:14 pm


काठमाडौं । गण्डकी प्रदेशमा १७३३ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले सार्वजनिक गरेको पछिल्लो २४ घण्टाको तथ्याङ्क अनुसार ७७३ जना महिला र ९६० जना पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको हो ।

संक्रमित मध्य ४४५ जना कास्कीका छन् भने ४१६ जना बागलुङ्का छन् । त्यस्तै गोरखामा २१९, तनहुँमा १७०, पर्वतमा ११९, नवलपरासी पूर्वमा १११, स्याङ्जामा ९५, म्याग्दीमा ९३, लमजुङ्मा ६५ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।

मुस्ताङ र मनाङमा भने पछिल्लो २४ घण्टामा कोरोना संक्रमित थपिएका छैनन् । त्यस्तै थप १७ जनाको मृत्यु भएको छ । मृतक मध्य कास्कीका ६, स्याङ्जाका ४, नवलपरासी पूर्वका ३, म्याग्दी र तनहुँका १/१ जना रहेका छन् ।



प्रतिक्रिया दिनुहोस !