७ माघ २०८१, सोमबार

५ वटा प्रदेशका केही स्थानमा भारी वर्षा, उच्च बेगको हावाहुरी र अति भारी वर्षाको सम्भावना

प्रकाशित मिति :  28 May, 2021 7:39 am


काठमाडौं । प्रदेश १, प्रदेश २, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षा, उच्च बेगको हावाहुरी र एकदुई स्थानमा अति भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वामानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले आगामी ३ दिनको मौसमसम्बन्धि अनुमानित विवरण सार्वजनिक गर्दै यस्तो जानकारी गराएको हो ।

साथै गण्डकी, बागमती प्रदेश र प्रदेश १ का उच्च हिमाली र पहाडी भूभागका केहि स्थानहरुमा हल्का देखि मध्यम हिमपात÷वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध समेत गरेको छ ।

हाल देशमा चक्रवात यास् पश्चिमउत्तर-पश्चिम सर्ने क्रममा कमजोर भई बनेको भन्दै महाशाखाले न्यून चापीय क्षेत्रको प्रभाव रहेको जनाएको  छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

२०७८ जेठ १४ गते  (शुक्रबार)

दिउँसो: देशभर सामान्य देखि पूर्ण बदलि रहि धेरै स्थानहरूमा मेघगर्जन / चट्याङ /हावाहुरी सहित हल्का देखि मध्यम वर्षा को सम्भावना रहेको छ। प्रदेश १, प्रदेश २, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केहि स्थानहरूमा भारी / अति भारी वर्षा र उच्च बेगको हावाहुरिको सम्भावना रहेको छ। उच्च हिमाली/पहाडी भूभागका धेरै स्थानहरुमा हल्का देखि मध्यम हिमपात/वर्षा र गण्डकी प्रदेशका केहि स्थानहरूमा  बागमती प्रदेश, प्रदेश १ तथा सुदुर-पश्चिम प्रदेशका उच्च हिमाली/पहाडी भूभागका १/२ स्थानमा  भारी हिमपातको सम्भावना रहेको छ।

राती: देशभर सामान्य देखि पूर्ण बदलि रहि धेरै स्थानहरूमा मेघगर्जन / चट्याङ /हावाहुरी सहित हल्का देखि मध्यम वर्षा को सम्भावना रहेको छ। प्रदेश १, प्रदेश २, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केहि स्थानहरूमा भारी / अति भारी वर्षा र उच्च बेगको हावाहुरिको सम्भावना रहेको छ। उच्च हिमाली/पहाडी भूभागका धेरै स्थानहरुमा हल्का देखि मध्यम हिमपात/वर्षा र गण्डकी प्रदेशका केहि स्थानहरूमा  बागमती प्रदेश, प्रदेश १ तथा सुदुर-पश्चिम प्रदेशका उच्च हिमाली/पहाडी भूभागका १/२ स्थानमा  भारी हिमपातको सम्भावना रहेको छ।

२०७८ जेठ १५ गते  (शनिबार)

दिउँसो: देशभर आंशिक देखि सामान्य बदलि रहि केहि स्थानहरूमा मेघगर्जन / चट्याङ /हावाहुरी सहित हल्का देखि मध्यम वर्षा को सम्भावना रहेको छ।प्रदेश १,गण्डकी र लुम्बिनी प्रदेशका केहि स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ।

राती: देशभर आंशिक देखि सामान्य बदलि रहि थोरै स्थानहरूमा मेघगर्जन / चट्याङ /हावाहुरी सहित हल्का देखि मध्यम वर्षा को सम्भावना रहेको छ। लुम्बिनी प्रदेशका १/२ स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ।

२०७८ जेठ १६ गते  (आईतबार)

दिउँसो: देशभर आंशिक देखि सामान्य बदलि रहि बाग्मती र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन / चट्याङ /हावाहुरी सहित हल्का देखि मध्यम वर्षा को सम्भावना रहेको छ।बाग्मती र लुम्बिनी प्रदेशका १/२ स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ।

राती: देशभर आंशिक देखि सामान्य बदलि रहि प्रदेश १ र प्रदेश २का केहि स्थानहरूमा मेघगर्जन / चट्याङ /हावाहुरी सहित हल्का देखि मध्यम वर्षा को सम्भावना रहेको छ।प्रदेश १ र प्रदेश २ का  १/२ स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श 

प्रदेश १प्रदेश २बाग्मतीगण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका धेरै स्थानहरूमा र बाकी प्रदेशको एक वा दुइ स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ प्रदेश १प्रदेश २बाग्मतीगण्डकी र लुम्बिनी प्रदेशका केहि स्थानहरूमा भारी वर्षाउच्च बेगको हावाहुरि र १/२ स्थानमा अति भारी वर्षाको सम्भावना रहेको छ।गण्डकीबागमती प्रदेश र प्रदेश १ का उच्च हिमाली/पहाडी भूभागका केहि स्थानहरुमा हल्का देखि मध्यम हिमपात/वर्षा को सम्भावना  रहेकाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।



प्रतिक्रिया दिनुहोस !