एनआरएनए अफ्रिकाद्वारा अछाम जिल्ला अस्पताललाई १० थान अक्सिजन सिलिण्डर हस्तान्तरण
काठमाडौं । एनआरएनए अफ्रिकाको मातृभूमिलाई तत्काल अक्सिजन सहयोग अभियानको संयोजनमा अछामको सदरमुकाम मंगलसैन स्थित जिल्ला अस्पताललाई १० थान अक्सिजन सिलिन्डर हस्तान्तरण गरिएको छ ।
एनआरएनए नाइजेरिया र अफ्रिका, अमेरिका , मलेशिया र कतारमा बस्ने गैर आवासीय नेपाली र जुपु मिलन केन्द्र काठमाडौंको सहयोगमा अस्पताल लाई १० थान अक्सिजन सिलिन्डर हस्तान्तरण गरिएको हो ।
नेपाली कांग्रेस अछामका पूर्वसभापति पुष्पबहादुर शाहले एक कार्यक्रमकाबीच हिजो अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डाक्टर सोनाली बास्कोटालाई अक्सिजन सिलिन्डर हस्तान्तरण गरे ।
पूर्व सभापति शाहले अहिलेको जटिल परिस्थितिमा अछामलाई सम्झेर जिल्ला अस्पतालमा अक्सिजन सिलिन्डर पुराउन मद्दत गर्ने गैर आवासीय नेपालीप्रति आभार व्यक्त गरे ।
अछाम जिल्लाभर ४० थान अक्सिजन सिलिन्डर आपूर्तिको लागि कैलालीको धनगढी स्थित परोपकारी संस्था ह्युमानिटी फाउण्डेसन नेपाल , गैर आवासीय नेपाली संघ नाइजेरिया ,अफ्रिकाबाट रोशन थापा , अमेरिकाबाट बासुदेव अधिकारी , बिष्णु शाह , हेमबहादुर ठकुल्ला , मलेसिया बाट टेकबहादुर बुढा , दिनेश खडका खप्तडी , कतार बाट चन्द्र थापा , काठमाडौं स्थित जुपु मिलन केन्द्र , केवी मिठ्ठु रावल र दिवंगत सेवानिवृत्त प्रहरी नायव उपरीक्षक मोती सिंह धामीको परिवारको आर्थिक सहयोग रहेकोे थियो ।
एनआरएनए अफ्रिकाको नेपाललाई तत्काल अक्सिजन सहयोग अभियान र गैर आवासीय नेपाली संघका पूर्वकोषाध्यक्ष हिक्मत थापाको संयोजन , धनगढी स्थित ह्युमानिटी फाउन्डेसन र जुपु मिलन केन्द्रको सहयोग र नेपाल पत्रकार महासंघ अछामका पूर्व अध्यक्ष वेदप्रकाश तिमिल्सैनाको समन्वयका साथै व्यवस्थापनमा अछाम जिल्लामा ३० थान अक्सिजन सिलिन्डर पुराइएको हो ।
यसअघि ह्युमानिटी फाउन्डेसन धनगढीको सहयोगमा १० थान अछाम जिल्ला अस्पताल र १० थान अक्सिजन सिलिन्डर र स्वास्थ्य सामाग्रीहरु बयालपाटा अस्पताल लाई हस्तान्तरण गरिएको थियो । यो गरि मङ्गलसेन अस्पतालमा २० थान र बयालपाटा अस्पतालमा १० थन अक्सिजन सिलिन्डर हस्तान्तरण गरिएको छ । साथै बयालपाटा अस्पतालका लागि थप १० थान अक्सिजन थप उपलब्ध गराउने तयारी छ