सुनकोशी नदीमा आएको बाढीले निर्माणाधीन पुल बगायाे
प्रकाशित मिति : 28 May, 2021 10:12 am
ओखलढुंगा । लगातार बर्षाका कारण सुनकोशी नदीमा आएको बाढीले निर्माणाधीन अवस्थामा रहेकाे पुल बगाएको छ। ओखलढुंगाको चम्पादेवी गाउँपालिका वडा नम्बर १ पलालु र सिन्धुलीको फिक्कल गाउँपालिका वडा नम्बर २ नवलपुरघाट जोड्ने मोटरेबल पुल बाढीले बगाएको हो।
निर्माणाधीन अवस्थामा रहेको यो पुल २१० मिटर लम्बाइको थियो। पुलको करिब ४० मिटर भाग बिहीबारको बाढीले बगाएको छ।
२३ करोड लगानीमा चुँदी कन्ट्रक्सन प्रा.लि सानेपाले साे पुल निर्माणकाे काम गरिरहेकाे थियाे ।