६ आश्विन २०८१, आइतबार

प्रतिनिधि सभा विघटन र चुनाव घोषणापछि प्रधानमन्त्रीले पहिलो पटक राष्ट्रका नाममा सम्बोधन गर्दै

प्रकाशित मिति :  28 May, 2021 12:26 pm


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् ।

आज अपरान्ह ४.०० बजे सिंहदरबारबाट राष्ट्रका नाममा सम्बोधन गर्ने कार्यक्रम तय भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

दोस्रो पटक प्रतिनिधि सभा विघटन र चुनाव घोषणापछि प्रधानमन्त्री ओलीले राष्ट्रका नाममा सम्बोधन गर्न लागेका हुन् । अघिल्लो हप्ता मात्रै प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा विघटन र चुनावको मिति घोषणा गर्न राष्ट्रपतिलाई सिफारिस गरेका थिए ।

सोही आधारमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरेर चुनावको मिति घोषणा गरेकी थिइन् । त्यस्तै संवैधानिक व्यवस्था अनुसार जेठ १५ गते बजेट ल्याउनुपर्ने छ ।

प्रतिनिधि सभा विघटन भएकाले यसपटक अध्यादेशबाट बजेट ल्याउने तयारी भइरहेको छ । प्रधानमन्त्री ओलीले अध्यादेशमार्फत बजेट ल्याउने पूर्वसन्ध्यामा राष्ट्रका नाममा सम्बोधन गर्न लागेका हुन् ।



प्रतिक्रिया दिनुहोस !