६ आश्विन २०८१, आइतबार

नेकपा महासचिव विप्लव के सामाजिक सञ्जालमा सक्रिय छन् ?

प्रकाशित मिति :  28 May, 2021 1:06 pm


काठमाडौं । यति बेला फेसबुकदेखि ट्वीटरसम्म नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लवका प्रोफाइल एकाउन्ट भेटिन्छन् । कतिसम्म भने विप्लवको नाममा ‘अफिसियल एकाउन्ट’ भनेर समेत चलाइएको छ ।

फागुनमा सार्वजनिक भएका विप्लवले सामाजिक सञ्जालमा सक्रिय छन् कि छ्रैनन् भन्नेबारेमा निकै चासो समेत देखिन्छ । विप्लवका कतिपय फ्रोपाइल एकाउन्ट दुरुस्तै बनाएर चलाइएको छ ।

कुनै सूचना वा जानकारी भए तत्कालै अपडेड हुने गरेको छ । सामान्य मानिसका लागि यो सक्कली हो कि नक्कली भनेर छुट्टाउनै गाह्रो जस्तो देखिन्छ ।

उक्त नक्कली फेसबुकमा नेता पत्रकार तथा विभिन्न गिनेचुनेको व्यक्ति समेत साथी छन् । तर विप्लवको सचिवालयका अनुसार  उनले सामाजिक सञ्जालमा चलाउँदैनन् र उनका कुनैपनि आइडि छैनन् । विप्लवका सचिवालयमा रहेका केन्द्रीय सदस्य असल क्षेत्रीले भने,“महासचिव ज्यूको कुनैपनि सामाजिक सञ्जालमा एकाउन्ट छैन । जति छन् ति सबै नक्कली हुन् ।”

महासचिव विप्लवको नक्कली एकाउन्ट सञ्चालनमा रहेको जानकारी पाएपछि सचिवालयले यसअघि कारबाहीको चेतावनी दिएको थियो । तरपनि कतिपय एकान्ट निर्धक्क चलिरहेका छन् ।

आज मात्रै असलले अन्तिम पटक भन्दै चेतावनी दिएका छन्,“महासचिव कम्रेड विप्लवको नाम दुरुपयोग गरि चलाइएका सम्पूर्ण आइडिहरू बन्द गर्न धेरै पटक कार्यालयबाट चेतावनी दिइएको छ । त्यसलाई अटेर गरेको देखियो अन्तिम पटक हामी कार्यलयको तर्फवाट बन्द गर्न निर्देश गर्दछौं अन्यथा पुनः चलाइएको पाइएमा अन्य उपचार खोज्न बाध्य भैइने छ ।”



प्रतिक्रिया दिनुहोस !