३ आश्विन २०८१, बिहिबार

१६८० अर्बको बजेटको तयारी गर्दै ओली सरकार

प्रकाशित मिति :  28 May, 2021 1:33 pm


काठमाडौं । प्रतिनिधिसभा विघटन गरेर निर्वाचन घोषणा गरिसकेको केपी शर्मा ओली नेतृत्वको कामचलाउ सरकारले १६ खर्ब ८० अर्ब रुपैयाँभन्दा बढीको पूर्ण आकारको बजेट तयारी गरेको छ । बजेटको स्रोत समितिले योजना आयोगले दिएको १६ खर्ब ९७ अर्ब रुपैयाँको सिलिङ भन्दा कम आकारको बजेट ल्याउने गरि अर्थमन्त्रालयलाई सुझाव दिएको हो

‘चालू वर्षको यथार्थ खर्चभन्दा १० देखि १५ प्रतिशतमात्र बजेट बढाउने भने पनि सरकारका पूर्वघोषित योजनाले बजेटको आकार १६८० अर्बभन्दा कम नहुने देखियो,’ स्रोतले भन्यो । यद्यपि, बजेट निर्माण प्रक्रियामा सहभागी अर्का अधिकारीले भने १२ सय ५० देखि १४ सय अर्बको बजेट ल्याउने विकल्पबारे छलफल‌ भइरहेको बतायो ।

आजै प्रधानमन्त्री ओलीले राष्ट्रका नाममा सम्बोधन गरि सार्वजनिक गर्ने नीति तथा कार्यक्रममा केही महत्त्वाकांक्षी कार्यक्रम समावेश भएकाले त्यसपछि बस्ने स्रोत समितिको बैठकले बजेटको अन्तिम आकार निर्धारण गर्नेछ ।

अध्यादेशबाट बजेट नल्याउन पूर्वअर्थमन्त्रीहरू, राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्षहरू, पूर्वनिर्वाचन आयुक्तहरू, पूर्वप्रशासकहरूले सुझाव दिइरहे पनि सरकारले अध्यादेश बजेटबाटै वृद्ध भत्ता वृद्धि, तलब समायोजन लगायतका लोकप्रियतामुखी कार्यक्रम पनि समावेश गर्ने तयारी गरेको छ ।



प्रतिक्रिया दिनुहोस !