३ आश्विन २०८१, बिहिबार

प्रधानमन्त्री ओलीको कार्यकालमा बढ्यो साढे सात खर्ब ऋण

प्रकाशित मिति :  28 May, 2021 3:34 pm


काठमाडौं । प्रधानमन्त्री खड्गप्रसाद ओलीको तीन वर्षे कार्यकालमा देशको देशको तिर्न बाँकी सार्वजनिक ऋण ७ अर्ब ४५ करोड रुपैयाँले बढेको छ ।

ओली सरकार बन्दा देशको तिर्न बाँकी ऋण आर्थिक वर्ष २०७४/७५ को फागुन मसान्तसम्म ८ खर्ब ५३ अर्ब रुपैयाँ रहेकोमा चालू आर्थिक वर्ष २०७७/७८ को पहिलो ८ महिनामा यो बढेर १५ खर्ब ८९ अर्ब ४६ करोड रुपैयाँ पुगेको छ । यो तीन वर्षको अवधिमै सार्वजनिक ऋण ८८.५ प्रतिशतले बढेको हो ।

आर्थिक वर्ष २०७४/७५ को पहिलो ८ महिनामा कुल गार्हस्थ्य उत्पादन अर्थात् अर्थतन्त्रको २८ प्रतिशतबराबर रहेको सार्वजनिक ऋणभार ३७.३ प्रतिशत पुगेको हो । यो ऋणभारलाई देशको जनसं‍ख्याको अनुपातमा हेर्दा प्रतिव्यक्ति औसत ऋण ५२ हजार ३६८ रुपैयाँ पुगेको देखिन्छ, यो ऋणको भार आधा वर्तमान सरकारकै अवधिमा थपिएको हो ।

आन्तरिक स्रोत सीमित हुँदा पनि ठूलो आकारको बजेट ल्याउने प्रवृत्ति र बढ्दो अनुत्पादक साधारण खर्चका कारण सार्वजनिक ऋणको आकार बढेको हो ।

चालू आर्थिक वर्षमा नै सरकारले २ खर्ब २५ अर्ब रुपैयाँ आन्तरिक ऋण र  २ खर्ब ९९ अर्ब रुपैयाँ वैदेशिक ऋण लिने लक्ष्य राखेकोमा चैत मसान्तसम्म १ खर्ब १२ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाइसकेको छ ।

आगामी आर्थिक वर्षमा करिब ५ खर्ब रुपैयाँबराबरको ऋण उठाएर खर्च चलाउने गरि भोलि बजेट सार्वजनिक गरिँदैछ ।

 



प्रतिक्रिया दिनुहोस !