७ माघ २०८१, सोमबार

गण्डकी प्रदेशमा थपिए ८०८ जना संक्रमित, ३० जनाको मृत्यु

प्रकाशित मिति :  28 May, 2021 6:17 pm


कास्की । गण्डकी प्रदेशमा ८०८ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले सार्वजनिक गरको तथ्याङ्क अनुसार ४५० पुरुष र ३५८ जना महिलामा कोरोना संक्रमणको पुष्टि भएको हो ।

संक्रमित मध्य कास्कीमा २०९, नवलपरासी पूर्वमा १३४,पर्वतमा १३३, बागलुङ्मा १३२, गोरखामा ७७,तनहुँमा ५४, स्याङ्जामा ५१, म्याग्दीमा १२, लमजुङमा ४, मनाङ र मुस्ताङ्मा १÷१ जना कोरोना संक्रमित थपिएका हुन् ।

त्यस्तै पछिल्लो २४ घण्टामा ३० जनाको मृत्यु भएको छ । मृतकमध्य कास्कीमा १२, तनहुँमा ६, स्याङ्जा र गोरखामा ३/३, मुस्ताङमा २, नवलपरासी पूर्व र बागलुङ्मा १/१ जनाको मृत्यु भएको हो ।



प्रतिक्रिया दिनुहोस !