नेपालमा सवारी साधनको संख्या झण्डै ४० लाख पुग्यो, मोटरसाइकल मात्रै ७९.३ प्रतिशत
प्रकाशित मिति : 28 May, 2021 6:57 pm
काठमाडौं । नेपालमा सवारी साधनको संख्या झण्डै ४० लाख पुगेको छ ।
सरकारले आज सार्वजनिक गरेको आर्थिक सार्वेक्षण अनुसार चालु आर्थिक वर्षको फागुन मसान्तसम्म १ लाख ५० हजार ७ सय ६५ नयाँ सवारी साधन थपिदा जम्मा संख्या ३९ लाख ८७ हजार २ सय ६७ पुगेको छ ।
दर्ता भएका सवारी साधनहरू मध्य सार्वजनिक यातायातको महत्वपूर्ण साधन बस जम्मा १.४ प्रतिशत रहेको छ भने दुई पांग्रे मोटरसाईकलको अंश ७९.३ प्रतिशत रहेको सर्वेक्षणले देखाएको छ ।
सवारी सधानको दर्ता प्रणालीलाई अन्तराष्ट्रिय स्तरको बनाउन भन्दै सुरुवात गरिएको सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडान ७ हजार ६ सय ९४ मा मात्रै राखिएको छ । त्यस्तै हालसम्म २० लाख ८७ हजार ६ सय ८३ सवारी चालक अनुमति पत्र अर्थात इलेक्ट्रोनिक स्मार्ट कार्ड वितरण भएको सर्वोक्षणमा उल्लेख छ ।