१ मंसिर २०८१, शनिबार

९३ प्रतिशत जनसंख्यामा विद्युत पहुँच,कर्णाली प्रदेशमा ३४.७५ प्रतिशत मात्रै विद्युतीकरण

प्रकाशित मिति :  28 May, 2021 7:49 pm


काठमाडौंमा । नेपालमा ९३ प्रतिशत जनसंख्यामा विद्युत पहुँच पुगेको छ ।

अर्थ मन्त्रालयले आज सार्वजनिक गरेको आर्थिक वर्ष २०७७/७८ को आर्थिक सर्वेक्षण अनुसार २०७७ फागुनसम्म राष्ट्रिय प्रसारण प्रणाली तथा वैकल्पिक ऊर्जाको स्रोतबाट ९३ प्रतिशत जनसंख्यामा विद्युत पहुँच पुगेको हो ।

सर्वेक्षणको तथ्याङ्क अनुसार सबैभन्दा बढी पहुँच प्रदेश–२ मा अर्थात ९९.०५ प्रतिशत जनतामा पुगेको छ । दोस्रोमा बागमती प्रदेशमा विद्युतको पहुँच धेरै अर्थात ९४.४४ रहेको छ ।

गण्डकी प्रदेशका ९२.७९ प्रतिशत जनसंख्यामा विद्युतको पहुँच पुगेको छ भने लुम्बिनीमा ९१ प्रतिशत जनाले विद्युत पाएका छन् । प्रदेश १ मा ८२.४३ प्रतिशत र सदूरपश्चिम प्रदेशमा ६४.६९ प्रतिशत जनतामा विद्युतको पहुँच पुगेको  छ । कर्णाली प्रदेशमा भने जम्मा ३४.७५ प्रतिशत जनताले मात्रै विद्युत उपयोग गरिरहेको सर्वेक्षणमा उल्लेख छ ।

मन्त्रालयको आर्थिक सर्वेक्षण प्रतिवेदन अनुसार पछिल्लो १ वर्ष अर्थात २०७७ फागुनदेखि २०७८ फागुनसम्म विद्युतीकरण ३ प्रतिशतले मात्रै बढेको देखिन्छ ।



प्रतिक्रिया दिनुहोस !