६ आश्विन २०८१, आइतबार
गणतन्त्र दिवस

सभामुख सापकोटाले भने,‘गणतन्त्र र संविधानमाथि संकट आइपर्‍यो’

प्रकाशित मिति :  29 May, 2021 7:48 am


काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले गणतन्त्र र संविधानमाथि संकट आइपरेको बताएका छन् ।

गणतन्त्र दिवस २०७८ को शुभकामना सन्देशमा सभामुख सापकोटाले संघीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकासका लागि अझ सुदृढ राष्ट्रिय एकता जरुरी भएको समते बताएका छन् ।

संविधान अनुरुप राज्य संयन्त्रमा भएका परिवर्तन सबै जनताले अनुभूत गर्न सक्ने गरी कार्यान्वयन भए मात्र यसको औचित्य स्थापित हुने सभामुख सापकोटाको भनाई छ ।

उनले आफ्नो सन्देशमा भनेका छन्,“ हामी एकातिर गणतन्त्र र संविधानमाथि आइपरेको संकट र अर्कोतिर कोभिड–१९ महामारीबाट आक्रान्त छौं । यस विषम परिस्थितिमा अझ जिम्मेवारीबोधका साथ अगाडि बढ्नु पर्ने आवश्यकता पैदा भएको छ । संघीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकासका लागि अझ सुदृढ राष्ट्रिय एकता जरुरी भएको छ ।”

उनले गणतन्त्रलाई संस्थागत गर्ने संविधानको कार्यान्वयन गर्ने र संघीयता, धर्मनिरपेक्षता, समानुपातिक, समावेशी सिद्धान्तलाई संविधानले निर्दिष्ट गरेअनुसार कार्यान्वयन गर्नु र गराउनु राज्यको सर्बोच्च ओहोदामा रहेका पदाधिकारीहरुको पहिलो कर्तव्य भएको समेत स्मरण गराएका छन् ।

सभामुख सापकोटाले संविधान अनुरुप राज्य संयन्त्रमा भएका परिवर्तन सबै जनताले अनुभूत गर्न सक्ने गरी कार्यान्वयन भए मात्र यसको औचित्य स्थापित हुने उल्लेख गरेका छन् ।



प्रतिक्रिया दिनुहोस !