६ आश्विन २०८१, आइतबार

संविधान र लोकतन्त्र विरोधी तत्वका विरुद्ध एकताबद्ध संघर्षका लागि प्रचण्डको अपिल

प्रकाशित मिति :  29 May, 2021 8:47 am


फाइल फोटो

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधान र लोकतन्त्र विरोधी तत्वका विरुद्ध एकताबद्ध संघर्षका लागि अपिल गरेका छन् ।

गणतन्त्र दिवसको अवसरमा शुभकामना दिँदै अध्यक्ष प्रचण्डले अहिले गणतन्त्रका विरोधीहरुबाट यसका मूल्य–मान्यतामाथि निरन्तर प्रहार भइरहेको भन्दै संघर्षका लागि अपिल गरेका हुन् ।

प्रतिशोधी भावना, अहंकारी सोच र शैली गणतन्त्रवादी संस्कार हुनै नसक्ने भन्दै प्रचण्डले पारस्परिक सम्मान, सहअस्तित्व र सहभागितामुलक राजनीतिले नै मुलुकको सर्वाङ्गीण विकास सम्भव हुने उल्लेख गरेका छन् ।

नेपाली जनताको बलिदानीपूर्ण संघर्र्षबाट प्राप्त उपलब्धीहरुको रक्षा गर्दै गणतन्त्रात्मक संस्कार र संस्कृति निर्माण गर्न प्रतिगामी तत्व विरोधी सम्पूर्ण लोकतन्त्रवादी शक्तिहरुबीच सुदृढ राष्ट्रिय एकता अपरिहार्य भएकोमा समेत प्रचण्डले जोड दिएका छन् ।

विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को रोकथाम र नियन्त्रणका लागि स्वास्थ्य सुरक्षाका सम्पूर्ण मापदण्डहरुको पालना गर्दै आफू र आफ्नो समाजलाई सुरक्षित राख्न समेत उनले सबैमा अपिल गरेका छन् ।



प्रतिक्रिया दिनुहोस !