अर्घाखाँचीको मालारानी गाउँपालिका कोभिड अस्पतालमा बेड र अक्सिजन सिलिण्डर थप
अर्घाखाँची । अर्घाखाँचीको मालारानी गाउँपालिकाको कोभिड अस्पतालमा बेड र अक्सिजन सिलिण्डर थप गरिएको छ ।
गाउँपालिकाका अध्यक्ष बालकृष्ण शर्माले १० वटा बेड र १० वटा अक्सिजन सिलिण्डर थप गरेर १५ बेडमा अस्पतालको स्तरोन्नती गरिएको जानकारी दिए ।
गाउपालिकाले खन गुफडडढा स्थानमा कोभिड अस्पताल सञ्चालन गरेको छ । पालिकाले अहिलेसम्म पाँच स्टिल फोल्डिङ्ग बेड, २ साना र एक ठूलो गरि जम्मा ३ अक्सिजन सिलसण्डर सहित एकजना एमबिबिएस डक्टर ,एक स्टाफ नर्स ,एक ल्याव टेक्निसियन ,सहित प्रतेक दिन दुइ दुइ जना गाँउपालिकाका स्वास्थ्य चौकिका स्वास्थ्यकर्मीहरूको व्यवस्था गरेको छ ।
मालारानी गाँउपालिकाले जिल्ला अस्पतालसम्म निःशुल्क एम्बुलेन्स सेवा यस अघिँनै सञ्चालन गर्दै आएकोमा हाल असहाय असक्तहरूको एन्टिजेन परिक्षणको लागि निःशुल्क यातायात सहित परीक्षणको व्यवस्था मिलाइएको प्रमुख प्रशासकीय अधिकृत रमेश पन्थीले जानकारी दिए ।
कोरोनाको शंकास्पद लक्षण देखिनासाथ नलुकाएर उपचारमा आउन गाउँपालिकाले आग्रह गरेको छ ।