१ मंसिर २०८१, शनिबार

यी हुन् आर्थिक वर्ष २०७८/८९ को बजेटका मुख्य उद्देश्य

प्रकाशित मिति :  29 May, 2021 4:32 pm


काठमाडौं । सरकारले कोभिड १९ महामारीबाट नागरिको जीवन रक्षा गर्ने मुख्य उद्देश्य राखेको छ ।

अर्थमन्त्री विष्णु पौडेलले सार्वजनिक गरेको बजेटमा अर्थतन्त्रको शीघ्र पुनरुत्थान गर्न आर्थिक गतिविधि तथा विकास निर्माणका कार्यक्रमलाई तीव्रता दिइने पनि उद्देश्य राखिएको छ ।

त्यस्तै राज्यको लोककल्याणकारी भूमिकालाई सुदृढ बनाउने, सामाजिक सुरक्षा एवं संरक्षण प्रदान गर्ने र सामाजिक न्यायसहितको समृद्धि हासिल गर्नेपनि बजेटको उद्देश्य रहेको अर्थमन्त्री पौडेलले जानकारी दिए ।

त्यस्तै सार्वजनिक निजी र सहकारी क्षेत्रमा उपलब्ध स्रोत र साधनलाई उत्पादनशील क्षेत्रमा परिचालन गर्दै उत्थानशील अर्थतन्त्र निर्माण गर्ने बजेटको उद्देश्य रहेको छ ।



प्रतिक्रिया दिनुहोस !