अक्सिजन उद्योगका उपकरण आयात गर्दा भन्सार र भ्याटमा छुट
प्रकाशित मिति : 29 May, 2021 4:46 pm
काठमाडौं । सरकारले कोेरोना खोपका लागि २६ अर्ब ७५ करोड रुपैयाँ छुट्याएको छ । शनिबार अध्यादेश मार्फत आर्थिक वर्ष ०७८/०८९ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले अक्सिजन उद्योग स्थापना गर्न चाहिने उपकरण आयातमा लाग्ने भन्सार र भ्याटमा छुटको घोषणा गरेका छन् ।
यस्तै सामुदायिक तथा निजी अस्पतालले जडान गर्ने अक्सिजन प्लानटको लागतमा सरकारले ५० प्रतिशत पुँजीगत अनुदन दिने बताएका छन् ।
साथै अक्सिजन उत्पादन गर्ने उद्योगहरुलाई पनि सरकारले सहुलियत घोषण गरेको छ । कोभिड अवधिभरका लागि अक्सिजन उत्पादन गर्दा लाग्ने बिजुलीमा त्यस्ता उद्योगहरुलाई ५० प्रतिशत छुट दिने बताए ।