१ मंसिर २०८१, शनिबार

२० युनिटसम्म घरायसी विद्युत प्रयोग गर्दा पुरै छुट

प्रकाशित मिति :  29 May, 2021 5:02 pm


काठमाडौं । घरायसी विद्युत उपभोक्ताले २० युनिट प्रयोग गर्दा फैसा तिर्न नपर्ने भएको छ ।

सरकारले बजेटको माध्यमबाट निषेधाज्ञा अवधिभर घरायसी तथा साना विद्युत उपभोक्ताले मासिक २० युनिटसम्म खर्च गर्नेलाई सत प्रतिशत छुट दिने निर्णय गरेको हो ।

त्यस्तै मासिक १५० युनिटसम्म खपत गर्नेलाई ५० प्रतिशत र २५० युनिटसम्म खर्च गर्नेलाई ३० प्रतिशत महसुल छुट दिने सरकारले घोषणा गरेको छ ।



प्रतिक्रिया दिनुहोस !