महिला स्वास्थ्य स्वयंसेविकाको भत्ता १२ हजार पुग्यो
प्रकाशित मिति : 29 May, 2021 5:32 pm
काठमाडाैं । सरकारले आगामी आर्थिक वर्षको वजेटमार्फत महिला स्वास्थ्य स्वयंसेविको भत्तामा शत प्रतिशत वृद्धि गरेको छ ।
अर्थमन्त्री विष्णु पौडेलले ५२ हजार महिला स्वास्थ्य स्वयंसेविकाले पाउने भत्तामा शत प्रशित वृद्धि गरी १२ हजार रुपैयाँ पुर्याइएको घोषणा गरेका छन्।