३ आश्विन २०८१, बिहिबार

दिवादिवा खाजा कार्यक्रम सञ्चालन आठ अर्ब ७३ करोड विनियोजन

प्रकाशित मिति :  29 May, 2021 6:06 pm


काठमाडाैं । सरकारले बालबालिकाको पोषणस्तरमा सुधार ल्याउन र कक्षा ५ सम्मका सबै बालबालिकालाई दिवा खाजा कार्यक्रम सञ्चालन आठ अर्ब ७३ करोड विनियोजन गरेको छ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०७८र७९ को बजेट प्रस्तुत गर्दै उक्त जानकारी दिएका हुन्।

बालबालिकाको पोषणस्तरमा सुधार ल्याउन कक्षा ५ सम्मका सबै बालबालिकालाई दिवा खाजा कार्यक्रम सञ्चालनमा आठ अर्ब ७३ करोड विनियोजन गरेको पौडेलले बताए।

सो कार्यक्रमबाट देशभरका ३५ लाख विद्यार्थी लाभान्वित हुनेछन् ।



प्रतिक्रिया दिनुहोस !