२ कार्तिक २०८१, शुक्रबार

शुक्रबारदेखि मौसममा सुधार आउने

प्रकाशित मिति :  9 January, 2020 1:11 pm


काठमाडौं, २४ पुस । केहि दिनदेखि भईरहेको बदली र वर्षामा शुक्रबार सुधार आउने भएको छ । सोमबारबाट भने नयाँ प्रणाली भित्रिने र पानी पर्ने अनुमान मौसम पूर्वानुमान महाशाखाले गरेको छ ।

पश्चिमी वायुले भित्राएको न्यूनचापीय प्रणालीका कारण केही दिनदेखि काठमाडौं उपत्यकासहित देशका विभिन्न भागमा वर्षा भइरहेको छ । हिमाली भागमा हिमपात र तराई क्षेत्रमा शीतलहर छ ।
मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् वरुण पौडेलले बिहीबारबाट यो प्रणाली विस्तारै बाहिरिन थालेको जानकारी दिनुभयो ।

‘पश्चिम वायुले ल्याएको न्यूनचापीय वायुका कारणले केही दिनदेखि बदली र वर्षा भइरहे पनि यो प्रणाली बाहिरिने क्रम सुरु भएकाले भोलिबाट मौसम सुधारिन्छ’, मौसमविद् पौडेलले भने ।
शुक्रबारबाट मौसम सुधारिए पनि सोमबारबाट फेरि वर्षा हुनसक्ने सम्भावना महाशाखाको छ ।



प्रतिक्रिया दिनुहोस !