६ आश्विन २०८१, आइतबार

दुर्गा प्रसाईंको सहयोग विवेकशीलका पूर्व अध्यक्ष थापाको परिवारले नलिने

प्रकाशित मिति :  29 May, 2021 6:41 pm


काठमाडौं । विवेकशील साझा पार्टीका पूर्व अध्यक्ष उज्जवल थापाको उपचारका लागि व्यवसायी दुर्गा प्रसाईंले दिने भनेको सहयोग रकम उनको परिवारले नलिने जानकारी गराएको छ ।

प्रसाईंको सद्भावका लागि धन्यवाद भन्दै थापाको परिवारले सहयोग रकम नलिने जानकारी गराएको हो ।

परिवारको तर्फबाट सार्वजनिक गरिएको विज्ञप्तिमा भनिएको छ,“सहयोग संकलनको क्रममा उज्वल थापाको उपचार खर्च आफूले व्यहोर्ने भनी श्री दुर्गा प्रसाईंले भन्नुभएको भन्ने सञ्चार माध्यममा प्रकासन/प्रसारण भएको खबर हाम्रो जानकारीमा आएको छ् । हाल उज्वल थापाको परिवार, आफन्तजन, साथी तथा शुभेच्छुकहरूबाट प्राप्त सहयोगले नै स्वास्थ्य उपचारको खर्च व्यहोरिरहेको र भविष्यमा पनि त्यसै गर्ने भएकोले श्री दुर्गा प्रसाईंलाई सद्भावको लागि धन्यवाद ज्ञापन गर्दै उहाँले दिने भनेको सहयोग आवश्यक नपर्ने व्यहोरा जानकारी गराउँदछौँ ।”

चिकित्सकहरूको सल्लाहमा थापालाई थप अत्याधुनिक उपचार आवश्यक पर्ने देखिएपछि र त्यस उपचारको लागि लाग्ने खर्च व्यहोर्नको लागि परिवारको सहमतिमा उनका साथी तथा शुभचिन्तकहरूले क्राउडफन्डिङबाट आर्थिक सहयोग जुटाइरहेको परिवारले जानकारी गराएको   छ ।

हालसम्म गोफन्डमीमा खोलिएको खातामा अमेरिकी डलर २२,२९१ र नेपालमा बैंक खातामा करिब रु. २६,५०,००० जम्मा भएको परिवारले जानकारी गराएको छ ।



प्रतिक्रिया दिनुहोस !