सेयर बजारमा लगानीकर्ताको वर्गिकरण, लाभकर पनि छुट्टाछुट्टै
काठमाडौं । सरकारले शनिबार प्रस्तुत गरेको बजेटमा सेयर बजारलाई समट्ने त्यस्ता कुनै कार्यक्रम ल्याएको छैन । तर बजेट मार्फत सेयर बजारमा लगानीकर्तालाई २ भाग (दिर्घकालिन लगानीकर्ता र आपतकालिन लगानीकर्ता)मा वर्गिकरण गरिएको छ ।
अर्थमन्त्री विष्णु पौडेलले सार्वजनिक गरेको आर्थिक वर्ष २०७८/७९ को बजेटले पुँजीबजारका अल्पकालीन र दीर्घकालीन लगानीलाई छुटएर फरक फरक लाभकर निर्धारण गरिदिएको छ ।
सरकारले गरेको वर्गिकरण अनुसार नेपाल धितोपत्र बोर्डमा सूचीकरण भएको ३६५ दिनभन्दा बढी अवधि स्वामित्वमा रहेको हितको निसर्गबाट प्राप्त लाभको हकमा ७.५ प्रतिशतको दरले लाभकर तिर्नुपर्ने छ । यसर्थ कुनै पनि कम्पनीको सेयरमा ३६५ दिनभन्दा बढी अवधिका लागि लगानी गर्नेहरुलाई दीर्घकालीन लगानीकर्ता भनिएको छ ।
त्यस्तै सरकारले ३६५ दिनभन्दा कम अवधि स्वामित्वमा रहेको हितको निसर्गबाट प्राप्त लाभको हकमा ५ प्रतिशतका दरले लाभकर तिर्नुपर्नेछ । यसर्थ कुनै पनि कम्पनीमा ३६५ दिन भन्दा कम अवधीको लागि लगानी गर्नेलाई अल्पकालिन लगानीकर्ता भनिएको छ ।
अहिलेसम्म सबै व्यक्तिगत लगानीकर्ताले ५ प्रतिशत र संस्थागतले १० प्रतिशत लाभकर तिर्नु पर्ने थियो । यसअघि धितोपत्र बोर्डले पनि अल्पकालीन र दीर्घकालीन गरी लाभकर पनि फरकफरक गर्न अर्थमन्त्रालयलाई सुझाव दिएको थियो ।
त्यस्तै सरकारले नेपाल टेलिकमको सेयर संरचना परिर्वतन हुने बताएको छ । असार मसान्तसम्म कायम सेवाग्राहीले खरीद गर्न सक्ने गरी २२ प्रतिशत सेयर बिक्री गरिने घोषणा गरेका हुन् ।
सेयर विनिमेशको मोडल र सेयर मूल्यको विवरण ०७८ असारसम्म तय हुने समेत बताए । हाल टेलिकममा सरकारको ९१.३ प्रतिशत सेयर स्वामित्व रहेको छ भने कर्मचारी र सर्वसाधारणको हिस्सा ८.४७ प्रतिशत मात्रै रहेको छ ।
यस्तो सेयर खरीद गर्नका लागि टेलिकमको सेवाग्राही भने अनिवार्य हुनुपर्नेछ ।