६ आश्विन २०८१, आइतबार

रौतहटमा विवेकशील साझा पार्टीद्वारा कोरोना संक्रमण रोकथामका लागि घुम्ती स्वास्थ्य सेवा सञ्चालन

प्रकाशित मिति :  30 May, 2021 11:06 am


रौतहट । विवेकशी साझा पार्टी प्रदेश २ समितिले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि घुम्ती स्वास्थ्य सेवा तथा राहत सहयोग सञ्चालन गरेको छ ।

विवेकशील साझा सद्भाव समूह कतारको सहयोगमा प्रदेश २ कमिटीले अभियान सञ्चालन गरको हो । अभियानको व्यवस्थापन विवेकशील साझा पार्टीको, अन्तराष्ट्रिय समिति र प्रदेश–२ समितिले गरिरहेको छ ।

विवेकशीलले अभियानमा  स्वास्थ्यकर्मीको टोली परिचालन गरेको छ । अभियान अन्तर्गत हिजोमात्रै १ सय जनाभन्दा बढीको स्वास्थ्यबारे आफूहरुले जानकारी लिएको विवेकशी साझा पार्टीका केन्द्रीय सदस्य विवेक शर्माले जानकारी दिए ।

हिजो अक्सिजन लेभल कम भएका २ जनाबारे अस्पतालसँग समन्वय गराएको शर्माको भनाई छ ।

केन्द्रीय समिति सदस्य शर्माले भने,“हामीले थर्मल गनले तापक्रम मापन गर्ने र अक्सोमिटरले अक्सिजन लेभल जाँच गर्ने गरेका थियौं । हिजो २ जनामा अक्सिजको तह कम भएको पाएपछि सल्लाह सुझाव पनि दियौं र स्वास्थ्य चौकीमा पनि सम्पर्क गरिदियौं ।”

अभियानमा हेल्थ असिष्टेन्ट रमेश शर्मा र अमरुल आलम संलग्न रहेको शर्माले जानकारी दिए ।

गरौडा नगरपालिका –३ को मलाही टोलमा अभियान चलाएको टोलीले आज गढीमाई नगरपालिकामा अभियान सञ्चालन गर्दैछ । विकेशील साझा पार्टीका सचिवालय सदस्य तथा प्रदेश २ का संयोजक अनिमेश कुमार मिश्रले कोरोना संक्रमणको लक्षण देखिएका ठाउँलाई बढी केन्द्रीत गरिएको जानकारी दिए ।

उनले भने,“हामीले चिकित्सक र स्वास्थ्यकर्मीको टोली परिचालन गरेका छौं, कोरोना संक्रमणका लक्षण भएका ठाउँलाई बढी केन्द्रीत गरेका छौं र आधारभूत आवश्यकताको औषधी पनि उपलब्ध गराएका छौं ।”

उनले कमजोर आर्थिक अवस्था भएका र असायहरुलाई निःशुल्क अक्सिजन सिलिण्डर पनि उपलब्ध गराउने जानकारी दिए । उनले आजदेखि स्वास्थ्यकर्मी थप गरिएको जानकारी दिए । आवश्यकता अनुसार जिल्लाभर नै अभियान चलाउने मिश्रको भनाई छ ।



प्रतिक्रिया दिनुहोस !