आर्थिक वर्ष २०७८/७९ का लागि रोल्पाका स्थानीय तहलाई ३ अर्ब रुपैयाँ (कुन पालिकालाई कति]
काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७८ /७९ का लागि रोल्पाका स्थानीय तहलाई ३ अर्ब रुपैयाँ हस्तान्तरण गरेको छ ।
सरकारले संघीय सरकारबाट वित्तीय समानीकरण अनुदान, सशर्त अनुदान, विशेष अनुदान र समपुरक अनुदान गरी चार प्रकारका अनुदान स्थानीय तहलाई हस्तान्तरण गर्ने गर्दछ ।
जस अन्तर्गत रोल्पाका स्थानीय तहले संघीय अनुदान अन्तर्गत झण्डै ३ अर्ब रुपैयाँ पाएका हुन् । रोल्पा नगरपालिकाले सबैभन्दा धेरै ३९ करोड ३८ लाख रुपैयाँ पाएको छ भने सबैभन्दा कम थवाङ गाउँपालिकाले २१ करोड ८७ हजार रुपैयाँ पाएको छ ।
त्यस्तै सुनिलस्मृति गाउँपालिकाले ३५ करोड ३३ लाख रुपैयाँ, त्रिवेणी गाउँपालिकाले ३४ करोड ३० लाख, रुन्टीगढी गाउँपालिकाले ३३ करोड २२ लाख, गंगादेव गाउँपालिकाले ३२ करोड ८७ लाख,परिवर्तन गाउँपालिकाले ३१ करोड २ लाख अनुदान पाएका छन् ।
त्यस्तै लुंग्री गाउँपालिकाले २५ करोड २१ लाख, माडी गाउँपालिकाले २४ करोड ८२ लाख, सुनछहरी गाउँपालिकाले २२ करोड ५० लाख रुपैयाँ पाएको छ ।