अगामी आर्थिक वर्षका लागि रुपन्देहीका पालिकालाई ६ अर्ब ८२ करोड ९० लाख रुपैयाँ अनुदान [सूचीसहित]
प्रकाशित मिति : 30 May, 2021 2:24 pm
काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि रुपन्देहीका लागि ६ अर्ब ८२ करोड ९० लाख रुपैयाँ अनुदान उपलब्ध गराएको छ ।
सरकारले संघीय वित्तीय समानीकरण अनुदान, सशर्त अनुदान र समपुरक अनुदान गरेर ६ अर्ब ८२ लाख ९० हजार रुपैयाँ हस्तान्तरण गरेको हो ।
प्राप्त अनुदानमा बुटवल उपमहानगरपालिकाले ७८ करोड ९७ लाख, तिलोत्तमा नगरपालिकाले ८३ करोड ३७ लाख, लुम्बिनी सांस्कृति नगरपालिकाले ५४ करोड १५ लाख, सिद्धार्थनगर नगरपालिकाले ५३ करोड ४३ लाख रुपैयाँ पाएका छन् ।
त्यस्तै देवदह नगरपालिकाले ४२ करोड ६० लाख, सैनामैना नगरपालिकाले ४२ करोड ६५ लाख रुपैयाँ अनुदान पाएका छन् । रुपन्देहीका पालिकाले पाएको समानीकरण अनुदान, सशर्त अनुदान र समपुरक अनुदानको विवरण यस्तो छ :