१३ मंसिर २०८१, बिहिबार

संघीय बजेट मार्फत अर्घाखाँचीका ६ पालिकालाई २ अर्ब ८० करोड रुपैयाँ अनुदान

प्रकाशित मिति :  30 May, 2021 2:48 pm


काठमाडौं । संघीय सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट मार्फत अर्घाखाँचीका ६ पालिकाका लागि २ अर्ब ८० करोड रुपैयाँ अुनदान उपलब्ध गराएको छ ।

सरकारले वित्तीय समानीकरण अनुदान, सशर्त अनुदान र समपुरक अनुदान गरेर २ अर्ब ८२ लाख ३२ हजार रुपैयाँ हस्तान्तरण गरेको हो । प्राप्त अनुदानमा सन्धिखर्क नगरपालिकालाई सबैभन्दा धेरै ५९ करोड ५ लाख छ ।

त्यस्तै शितगंगा नगरपालिकालाई ५२ करोड २२ लाख र भुमिकास्थान नगरपालिकालाई ४६ करोड २० लाख रुपैयाँ अनुदान प्राप्त भएको छ ।

गाउँपालिका अन्तर्गत छत्रदेव गाउँपालिकालाई ३६ करोड ६६ लाख, पाणिनी गाउँपालिकालाई ४१ करोड ९५ लाख, र मालारानी गाउँपालिकालाई ४४ करोड २४ लाख रुपैयाँ अुनाद उपलब्ध भएको छ ।



प्रतिक्रिया दिनुहोस !