नयाँ आर्थिक वर्षका लागि संघीय बजेटबाट दाङका पालिकाले कति अनुदान पाए [विवरणसहित]
प्रकाशित मिति : 30 May, 2021 3:02 pm
काठमाडौं । संघीय सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट मार्फत दाङका स्थानीय तहका लागि ४ अर्ब ५६ करोड रुपैयाँ अनुदान उपलब्ध गराएको छ ।
वित्तीय समानीकरण अनुदान, सशर्त अनुदान र समपुरक अनुदान गरेर ४ अर्ब ५६ करोड ७ लाख रुपैयाँ दिएको हो ।
प्राप्त अनुदानमा घोराही उपमहानगरपालिकाले १ अर्ब भन्दा बढी अनुदान प्राप्त गरेको छ भने तुलसीपुर उपमहानगरपालिकाले ९१ करोड ५८ लाख रुपैयाँ प्राप्त गरेको छ । त्यस्तै लमही नगरपालिकाले ४४ करोड ६९ लाख रुपैयाँ अनुदान प्राप्त गरको छ । घोराहीका स्थानीय तहले प्राप्त गरेको अनुदानको विवरण यस्तो छ :