१ मंसिर २०८१, शनिबार

सेयर बजारले आज पनि राख्यो नयाँ कीर्तिमान, १७ अर्ब माथि कारोबार

प्रकाशित मिति :  30 May, 2021 3:23 pm


काठमाडौं । निषेधाज्ञाको बीचमा पनि सेयरबजारले दिनप्रतिदिन नयाँ किर्तिमान कायम गरिरहेको छ । साताको कारोबारको पहिलो दिन बजार खुलेको १ घण्टा नबित्दै पौन ९ अर्बको कारोबार भएको नेपाल स्टक एक्सचेन्ज नेप्सेमा १७ अर्ब माथिको कारोबार भएर बजार बन्द भएको छ ।

आज नेप्से परिसूचक १२.५४ अंकले बढेर २८२७.८३ अंकमा पुगेर रोकिएको छ । त्यस्तै सेन्सेटिभ परिसूचक पनि ३.३५ अंकले बढेर ५०७.०५ अंकमा पुगेको छ ।

आइतबार नेप्सेमा रहेका १३ उपसमुह मध्ये ७ वटा उपसमुहमा हरियाली छाएको थियो भने बाँकी ६ वटा कम्पनीको सेयर मूल्य भने राताम्ये बनेको थियो ।

कारोबार रकमका आधारमा नेसनल हाइड्रोपावर अग्रस्थानमा रहेको छ । कम्पनीको ४७ करोड ४० लाख रुपैयाँभन्दा बढिको कारोबार भएको भने दोस्रो र तेस्रोमा क्रमशः अरुण काबेली र युनाइटेड मोदी हाइड्रोपावर रहेका छन् । त्यस्तै १७ कम्पनीको सेयर मूल्य ९ प्रतिशत भन्दा माथि सकरात्मक सर्किट लेबलमा कारोबार भएको छ ।

नेप्सेमा आज कूल २१९ कम्पनीको ४ करोड २६ लाख ३६ हजार ३४८ कित्ता सेयर किनबेच हुँदा हुँदा १७ अर्ब २ करोड ८४ लाख ३२ हजार २४४ रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार रकमले पनि ऐतिहासिक रेकर्ड राखेको हो ।



प्रतिक्रिया दिनुहोस !