३ आश्विन २०८१, बिहिबार

अर्घाखाँचीको शितगंगामा लगातारको वर्षा र हावाहुरीले तरकारी बालीमा क्षति

प्रकाशित मिति :  31 May, 2021 10:40 am


अर्घाखाँची । अर्घाखाँचीको शितगंगा नगरपालिकामा विभिन्न वडामा आएको हावाहुरी र लगातारको वर्षाले टनेलमा गरिएको तरकारी खेतीमा क्षति पुराएको छ ।

लगातार परेको पानी र हावाहुरीले टामाटर खेतीमा ठूलो क्षति पुराएको किसानहरूले बताएका छन् । वर्षासँगै बिहीबारदेखि शुक्रबारसम्म आएको हावाहुरी सहित पानीले किसानका टमाटरको टनेल सहित नगदे बालीमा क्षति पुराएको हो ।

किसानलाई माथि उठाउन,कृषि पढेका युवालाई उद्यमशिलता अन्तरगत अर्घाखाँची कृषि ज्ञान केन्द्र आर्थिक सहयोग र शितगङ्गा नगरपालिको समन्वयमा लगानी निर्माण र दाह्री भाई कृषि फर्म दमार खोलामा सञ्चालिन थाई टनेल फर्ममा टमाटर खोतीमा क्षति पुराएको    छ ।

लोकल कुखुराको टहरा हावाले उडाएर सत्यनाश बनाएको फर्म सञ्चालक रमेश घिमिरेले बताए । त्यस्तै न्यू भिजन अर्गानिक फर्मको सात ओटा अस्थायी टनेलमा पूर्ण क्षति पुगेको छ ।

साथै लोकल कुखुराको ३ ओटा खोर टहरा भताभुङ्ग पारेको छ । २० ओटा कुखुरा हावाले उडाएर हराएको चिसोले मरेका थिए। जनतन कुखुरा जोगाउन सफल भएको फार्म सञ्चालक केशव खनालले बताए। फर्ममा पुगेको क्षतिका विषयमा सम्बन्धित निकायमा जानकारी गराउने र क्षतिपूर्तिका लागि प्रयास गर्ने शितगङ्गा कृषि शाखाका अधिकृत अनिल शर्मा बताए ।

शर्माले आफै शितगङ्गा २ सितापुरमा रहेका विभिन्न फार्मको स्थलगत अनुगमन समेत गरेका छन्। सामूहिक लगानीमा गरिएको करिब २ वर्ष अघि न्यू भिजन फार्मिङ्ग निर्माण गरि ओन्सरी जातको टमाटरको अर्गानिक खेती शुरु गरिएको थियो ।

उक्त अर्गानिक खेतीबाट एक मौसममा करिब ३ लाख रुपैयाँ भन्दा बढिको उत्पादन लिन सकिने किसान खनालले बताए । त्यस्तै लोकल कुखुरामा वार्षिक २० देखि ३० लाखसम्मको कारोबार भै रहेको खनालले बताएका थिए। तेस्तै शितगङ्गा नगरपालिका वाड न १ सुवर्णखालमा कृष्ण प्रसाद घिमिरेको पनि एउटा टनेलमा लगाएका टमाटर लगाएकै ठाँउमा पूर्ण नष्ट भएको छ ।

त्यस्तै भुवनपाटा शंकर खत्रीको ६ ओटा अस्थायी टनेलपनि पानीले बताएको छ । दाह्री दाईको अर्गानिक फार्ममा ५ ओटा अस्थायी टनेल हावाले क्षति पुराउँदा काक्रो, लौका,सिमी, बोडी,हावाले नष्ट गरेको छ ।



प्रतिक्रिया दिनुहोस !