६ आश्विन २०८१, आइतबार

लुम्बिनी प्रदेशमा राष्ट्रिय सभा सदस्यको उपचुनाव अन्तर्गत मतदान जारी,आजै परिणाम आउने

प्रकाशित मिति :  31 May, 2021 10:53 am


दाङ । लुम्बिनी प्रदेशमा राष्ट्रिय सभा सदस्यको उपचुनाव अन्तर्गत मतदान जारी छ । दाङको कर्मचारी मिलन केन्द्रमा मतदान भइरहेको छ छ । मतदानका लागि क, ख र ग गरी तीनवटा बुथ तोकिएको छ ।

उपनिवार्चनमा एमालेको तर्फबाट चन्द्रबहादुर खड्का र गठबन्धनको तर्फबाट दृगनारायण पाण्डे प्रतिष्पर्धामा छन् ।

खड्का माओवादी केन्द्रबाट एमालेमा प्रवेश गरेपछि राष्ट्रिय सभा सदस्यको लुम्बिनीको पद रिक्त भएको थियो । सोही पदमा आज मतदान भइरहेको हो ।

कांग्रेसको तर्फबाट उम्मेदवार बनेका पाण्डेलाई नेकपा (माओवादी केन्द्र) जनता समाजवादी पार्टी (उपेन्द्र यादव पक्ष) र राष्ट्रिय जनमोर्चाको समर्थन छ । खड्कालाई जसपाको महन्त ठाकुर पक्षको समर्थन छ ।

३०० जना मतदाता रहेको निर्वाचन दिउसो ३ बजेसम्म चल्ने निर्वाचन आयोगका सूचना अधिकारी गेहेन्द्र कुँवरले जानकारी दिएका छन् । राष्ट्रिय सभा सदस्यको निर्वाचनमा मतभार प्रदेशको १ बराबर ४८ र स्थानीय तहको १ बराबर १८ हुन्छ । लुम्बिनी प्रदेशमा रहेका १०९ स्थानीय प्रमुख र उपप्रमुख र लुम्बिनी प्रदेशसभाका ८३ सांसद छन् ।

निर्वाचन सकिएलगत्तै मतगणना सुरु हुने र आजै परिणाम सार्वजनिक गर्ने तयारी भइरहेको कुँवरले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस !