१ मंसिर २०८१, शनिबार

देशभर ४ लाख ७५ हजार लघु, घरेलु तथा साना उद्योग, लुम्बिनीको हिस्सा १७ प्रतिशत

प्रकाशित मिति :  31 May, 2021 1:05 pm


फाइल फोटो

काठमाडौं । देशभर लघु, घरेलु तथा साना उद्योगको संख्या ४ लाख ७५ हजार भन्दा माथि पुगेको छ ।

सरकारको आर्थिक सर्वोक्षण ०७७/७८ अनुसार देशभर ४ लाख ७५ हजार ६ सय ७७ लघु, घरेलु तथा साना उद्योग दर्ता भएको हो । दर्ता भएको उद्योगबाट २९ लाख ८ हजार ७ सय ३९ रोजगाररीको सिर्जना भएको सर्वेक्षणले देखाएको छ ।

यस्ता उद्योगमा सबैभन्दा धेरै बागमती प्रदेशमा ३३ प्रतिशत, लुम्बिनीमा १७ प्रतिशत, प्रदेश २ मा १४ प्रतिशत, प्रदेश १ मा १३ प्रतिशत दर्ता भएको देएिको छ । कर्णाली प्रदेशमा सबैभन्दा कम ५ प्रतिशत मात्रै दर्ता भएको सर्वेक्षणमा उल्लेख छ ।

संख्यात्मक हिसाबले बागमती प्रदेशमा १,५९,५६८, लुम्बिनीमा ८१,१६४, प्रदेश २ मा ६६,६५४, प्रदेश १ मा ६३,२९०, गण्डकी प्रदेशमा ४९,१८९, सुदूरपश्चिम प्रदेशमा ३२,५५८ र कर्णालीमा २३,२५४ लघु,घरेलु तथा साना उद्योगहरू दर्ता भएका छन् ।

दर्ता भएका सबै उद्योगबाट २९,०८७३९ प्रस्तावित रोजगारी रहेको छ ।



प्रतिक्रिया दिनुहोस !