४ आश्विन २०८१, शुक्रबार

एचआईडीसीएलले सतप्रतिशत हकप्रद सेयर निष्कासनको लागि बुक क्लोजको मिति तोक्यो

प्रकाशित मिति :  31 May, 2021 3:00 pm


काठमाडौं ।  हाइड्राइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेडले ११ अर्ब रुपैयाँ बराबरको हकप्रद सेयर जारी गर्ने भएको छ । कम्पनीले सेयरधनीलाई सतप्रतिशत हकप्रद सेयर निष्कासन प्रयोजनार्थ बुक क्लोजको मिति तोकेको छ ।

हिजो बसेको कम्पनी सञ्चालक समितिको बैठकले हकप्रद सेयर निष्कासनका लागि आगामी जेठ २८ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यस कम्पनीको हकप्रद सेयरमा आवेदन दिनको लागि जेठ २७ गतेसम्म सेयरधनी बनिसक्नु पर्नेछ ।

नेपाल धितोपत्र बोर्डले यो कम्पनीलाई गत जेठ ९ गते सतप्रतिशत हकप्रद निष्कासनको अनुमति दिएको थियो। बोर्डको अनुमतिसँगै अब कम्पनीले १ः१ अनुपातमा हकप्रद निष्कासन गर्नेछ।

कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ११ करोड कित्ता हकप्रद सेयरधनीहरुका लागि निष्कासन तथा बिक्री गर्ने भएको छ । कम्पनीले उक्त हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिलट लिमिटेडलाई नियुक्त गरेको छ ।



प्रतिक्रिया दिनुहोस !