६ आश्विन २०८१, आइतबार

लुम्बिनी प्रदेशको राष्ट्रिय सभा उपनिर्वाचनमा पाण्डेय विजयी

प्रकाशित मिति :  31 May, 2021 5:48 pm


दाङ । लुम्बिनी प्रदेशको राष्ट्रिय सभा उपनिर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार दृगनारायण पाण्डेय विजयी भएका छन् ।

आज भएको उपनिर्वाचनमा कांग्रेससहित नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चाको गठवन्धनबाट उमेद्वार बनेका पाण्डेय विजयी भएका हुन् । माओवादी केन्द्रबाट एमाले प्रवेश गरेका चन्द्रबहादुर खड्का पाण्डेयसँग पराजित भएका हुन् ।

पाण्डेयले प्रदेशसभातर्फ ४२ र स्थानीय तह तर्फ ११८ जनाको मत पाए । खड्काले प्रदेशसभातर्फ ४० र स्थानीय तहतर्फ ९४ जनाको मत पाएका प्रदेश निर्वाचन कार्यालयले जनाएको छ ।

निर्वाचनमा प्रदेशसभा सदस्य ८३ र स्थानीय तहका प्रमुख र उपप्रमुख २१३ गरी २९६ मत खसेको थियो । प्रदेशसभा र स्थानीय तहतर्फका १ १ मत बदर भएको निर्वाचन कार्यालयले जनाएको छ ।

राष्ट्रियससभा सदस्य चन्द्रबहादुर खड्का माओवादी केन्द्र छाडेर एमाले प्रवेश गरेपछि उनी पदमुक्त भएका थिए । सोही रिक्त पदमा भएको उपनिर्वाचनमा एमालेले खड्कालाई नै उम्मेदवार बनाएको थियो भने विपक्षी गठबन्धनको समर्थनमा कांग्रेसले पाण्डेयलाई उम्मेदवार बनाएको थियो ।

 



प्रतिक्रिया दिनुहोस !