६ आश्विन २०८१, आइतबार

प्रधानमन्त्री ओली पूर्वप्रधानन्यायाधीस र संसद विघटन बिरुद्व मुद्दा लडिरहेका वकिलप्रति आक्रमक

प्रकाशित मिति :  31 May, 2021 7:24 pm


काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पूर्वप्रधानन्यायाधीस र संसद विघटन बिरुद्व मुद्दा लडिरहेका वकिलप्रति आक्रमक देखिएका छन् ।

प्रधानमन्त्री ओलीले वकिललाई ‘कालो कोटको आवरणमा केही व्यक्तिले न्यायालयलाई विवादमा ल्याउने काम गरेको’ टिप्पणी गरेका छन् भने पूर्व प्रधान न्यायाधीसलाई ‘सरकारी पेन्सन खाएर पूर्वन्यायमूर्तिले न्यायालयको हुर्मत लिइरहेको टिप्णी गरेका छन् ।

युवा संघ नेपालको केन्द्रीय सचिवालय बैठकलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने,“वकिलहरूले न्यायाधीश तय गर्ने अब ?, कस्तो न्यायिक सिस्टम हामी तय गर्दैछौं? कालो कोटधारी केही व्यक्तिहरूले न्यायालयलाई कुन अवस्थामा पुर्‍याउँदै हुनुहुन्छ? बडो गम्भीर विषय छ ।”

केही कालोकोट लगाएका व्यक्तिहरू अदालतको मानसम्मान, न्यायाधीशहरूको मानसम्मान गरिमा राख्न नसकेको टिप्पणी प्रधानमन्त्री ओलीको भनाई छ । उनले भने,“उनीहरूले पढेर सुनाउ भनेको न्यायाधीश चाहियो? उहाँहरू त्यही चाहिरहनुभएको छ। हामीले लेखेर दिएको फैसला पढि सुनाउने न्यायाधीशबाहेकलाई हामी मान्दैनौँ भन्दैछन्। यसले न्यायालय कुन अवस्थामा पुग्छ ?,’

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले गठन गरेको ५ सदस्यीय इजलासमाथि विपक्षी गठबन्धनका सांसद निवेदन रहेको रिटमा बहस गर्ने वरिष्ठ अधिवक्ताहरुले प्रश्न उठाएका छन्।

इजलासमा प्रधानन्याायधीस जबरासहित, आनन्दमोहन भट्टराई, दीपककुमार कार्की, तेजबहादुर केसी र बमकुमार श्रेष्ठ छन् । केसी र श्रेष्ठको निष्ठामाथि प्रश्न उठाउँदै वकिलहरुले इजलासमा नबस्न माग गरेका छन् । यसै विषयमा प्रधानमन्त्री ओलीको टिप्पणी आएको हो ।

प्रधानमन्त्री ओलीले पूर्वन्यायमूर्तिले न्यायालयको हुर्मत लिइरहेको आरोप समेत लगाएका छन् । पूर्वप्रधानन्यायाधीशरुको प्रतिनिधि सभा विघटन यसअघिको सर्वोच्च अदालतको फैसला विपरीत भनेर निकालेको विज्ञप्तितर्फ संकेत गर्दै ओलीले भने, ‘सरकारी पेन्सन खाएर पूर्वन्यायमूर्तिले न्यायालयको हुर्मत लिँदै हुनुहुन्छ ।”

आफ्नो समयमा उनीहरुले केही नगरेको र वर्तमान न्यायालयका कामकारबाहीमाथि सडकमा हस्तक्षेपकारी ताण्डव गरिरहेको बताए । उनले यस्ता ‘आउटडेटेड इलिमेन्ट’हरुबाट देशलाई दुस्प्रभावित हुन नदिने बताए ।



प्रतिक्रिया दिनुहोस !