७ माघ २०८१, सोमबार

डेढ करोड रुपैयाँ बढी प्रस्ताव गरेको कम्पनीलाई अक्सिजन प्लान्ट ठेक्का दिन नपाउँदा टेण्डरै रद्ध

प्रकाशित मिति :  1 June, 2021 2:01 pm


काठमाडौं । महाकाली अस्पतालमा झण्डै डेढ करोड रुपैयाँ बढी कबोल गरेको कम्पनीलाई ठेक्दा दिन नपाएपछि अक्सिजन प्लान्टको टेण्डर नै रद्व गरिएको छ ।

अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेण्ड हरि श्रेष्ठले टेण्डर रद्ध गर्ने निर्णय गरेको जानकारी दिए । उनले भने,“हामीले टेण्डर रद्ध गर्ने निर्णय गरेका छौं, समय लाग्ने देखिएपछि अर्को प्रक्रियामा जाने भयौं ।”

अक्सिजन प्लान्ट स्थापनाका लागि अस्पतालले जेठ ५ गते टेण्डर आव्हान गरेको थियो । टेण्डरमा टेक्निकल एसोसियट सर्भिसेस प्रा.लि.,ग्वालेक ग्रुपको स्नेहा सोप एण्ड केमिकल इण्डष्ट्रिज र बिआरटी इन्टरनेशनल प्रा.लि.ले भाग लिएका थिए ।

बोलपत्रमा भाग लिएका मध्ये टेक्निकल एसोसियटले ३ करोड ६३ लाख , बिआरटी इन्टरनेशनलले ३ करोड २६ लाख ५७ हजार रुपैयाँ र स्नेहा सोप एण्ड केमिकल इण्डष्ट्रिजले १ करोड ७९ लाख ९९ हजार ९ सय ९९ रुपैयाँ ९५ पैसाको प्रस्ताव गरेका थिए ।


विवादमा तानियो महाकाली अस्पताल,अक्सिजन प्लान्ट स्थापनामा डेढ करोड रुपैयाँको चलखेल


अस्पतालले झण्डै डेढ करोड रुपैयाँ बढी प्रस्ताव गरेको बिआरटी इनटरनेशनललाई ठेक्का दिन खोजेपछि चर्को विरोध भएको थियो ।

अस्पतालको व्यवस्थापन पक्षले भ्रष्टाचार गर्न खोजको र मिलेमतोमा डेढ करोड रुपैयाँ घोटाला गर्न खोजिएको भन्दै विरोध भएको थियो ।
विवाद भएपछि ५ दिन वितिसक्दापनि अस्पतालले कसलाई बोलपत्र दिएको हो भनेर सार्वजनिक गर्न गरेन । प्रस्ताव गर्दा टेक्निकल एसोसियट्स सर्भिसले ४ देखि ५ महिनाको समय मागेर प्रस्ताव पेश गरेको थियो ।

स्नेहा सोप एण्ड केमिकलले भने अक्सिजन प्लान्ट ल्याउन ४५ दिनको समय माग गरेको थियो । जबकी बिआरटीले ६ महिनाको समय मागेको थियो । अस्पताल व्यवस्थापनले ठेक्का दिएको सार्वजनिक जानकारी गराउन भन्दापहिले छिटो ल्याउन सकिने सम्भावनाबारे सोधखोज गरेको थियो । ४५ दिनभित्र अक्सिजन प्लान्ट ल्याउन सक्ने भए महंगोमा नै बिआरटीलाई ठेक्का दिन सकिने बताएको स्रोतको भनाई छ । तर विवाद चर्किदै गएपछि अस्पतालले ठेक्का नै रद्ध गर्ने निर्णय गरेको हो ।

ठेक्का रद्धको तयारी अघि नै ‘माननीयको सूचना !”

महाकाली अस्पतालमा विवाद भएपछि टेण्डर नै रद्ध गर्ने निर्णय त गर्‍यो तर सार्वजनिक सूचना निकालेको थिएन ।

पूर्वसांसद निरु पालले आज साढे १० बजेतिरै आफ्नो फेसबुकमा लेखिन्,“महाकाली अस्पतालमा अक्सिजन प्लान्ट जडानका लागि केन्द्र बाट ४ करोड पैसा छुट्याएका थियौं तर त्यो खरिद गरेर जडान गर्दा समय धेरै लाग्ने भएको कुरा जानकारी मा आएकोले वल्र्ड बैंकको सहयोगमा युएनओपिएसको व्यवस्थापनमा नेपाल सरकारलाई हस्तान्तरण गरेको सात वटा प्लान्ट मध्ये ७ नं प्रदेश को अक्सिजन प्लान्ट महाकाली अस्पताल मा जडान गर्न का लागि सहयोग गर्नुहुने स्वास्थ राज्य मन्त्री मा नवराज रावत स्वास्थ सचिव डिजि र मेरो आदरणिय अकल सन्तोस बिष्ट लगाएत सबै प्रति हार्दिक आभार ब्यक्त गर्दछु ।”

सोही क्षेत्रीकी पूर्वसांसद् पालको सूचना अस्पतालले कुने सार्वजनिक सूचना ननिकाल्दैको थियो ।

नेतृ पालको जानकारीले महाकाली अस्पताल व्यवस्थापन पक्षलाई स्वभाविक रुपमा रहत हुन पुग्यो । यस्तो बेला ठेक्का खारेज गर्दा हुने बदनाम र दबाव केही कम गर्ने ठाउँ थियो ।

पालले लेखिन,“सो प्लान्ट जडानको लागि अध्यन गर्ने टोली आज बेलुकासम्म महाकाली अस्पतालमा पुग्नेकुरा अबगत गराउन पाउँदा अत्यन्तै हर्सित छु । अब रह्यो चार करोड प्लान्ट को लागि छुट्याइएको रकम का बारेमा अन्य आवस्यक पर्ने उपकरण डायलोसिस मेसिन सिटी स्क्यान लगायत के आवश्यक छ निर्णय गरि पठाएमा तुरुन्तै त्यसलाई सन्सोधन गरेर पठाउन पहल गर्ने छु।सबै मा हार्दिक आभार ।”

अक्सिजन प्लान्टबारे तिब्र विवाद हुँदापनि पालको स्टाटसभने सामान्य देखिन्छ । उनले लुम्बिनी सञ्चारसँग भनिन्,“ विवादबारे त मैलेपनि मिडियाबाट थाहा पाएको हो, बाँकी त मलाई केही जानकारी छैन, यस्तो बेलामा कसैले कमाउन खोज्छ भने राम्रो होईन सबै विषय सार्वजनिक गर्नुस् भनेको छु । ”

विवादमा तानिएको अक्सिजन प्लान्टको टेण्डर नेतृ पालकै पहलमा निकासा भएको रकमबाटै भएको थियो ।

महाकाली अस्पतालमा पठाउन खोजिएको अक्सिजन प्लान्ट नेपाल सरकारले अनुदानमा पाएको हो । उक्त प्लान्ट ७ प्रदेशमा ७ वटा अस्पतालका लागि भनिएको थियो र ति अस्पताल केन्द्र मातहतका अस्पताललाई भनिएको थियो ।

सुदूरपश्चिम प्रदेशमा डडेलधुरा अस्पतालका लागि अनुदानको अक्सिजन प्लान्ट छुट्टाईएको थियो । तर डडेलधुरा अस्पतालले प्लान्ट खरिद प्रकृया अगाडि बढाइसकेकाले आफूले महाकाली अस्पतालमा ल्याउन पहल गरेको पालको भनाई छ ।

टेण्डर प्रक्रियामा जाँदा ४,५ महिना लाग्ने भयो भनेपछि मैले नेपाल सरकारलाई प्राप्त अनुदानको अक्सिजन प्लान्टको लागि पहल गरेको हो ।
तर, नेतृ पालले भनेजस्तो अनुदानको प्लान्ट स्थापना हुनपनि कम्तिमा डेढ महिना अर्थात ४५ दिन जतिनै लाग्ने छ ।

जुन समय बोलपत्रमा सहभागि कम्पनी नेहा सोप एण्ड केमिकल इण्डष्ट्रिजले नै प्रस्ताव गरेको थियो । महाकाली अस्पतालमा महारीका बेला पनि घोटाला गर्न खोजिएको भन्दै चर्को विरोध भइरहेको छ ।

नागरिक सरोकार समूह कञ्चनपुरका सदस्य उत्तम विष्टले महाकाली अञ्चल अस्पतालले अक्सिजन प्लान्ट निर्माण लागि निकालेको ठेक्का मिलेमतोमा सबैभन्दा बढी कबोल गर्ने कम्पनीलाई दिन खोज्दा यो अवस्था आएको बताए ।

उनले सबै क्षेत्रको दाबावबाट टेण्डर रद्ध भएको भन्दै तत्कालै सूचना निकालेर पुनः बोलपत्र आव्हान गर्न आग्रह गरेका छन् । समूहले टेण्डरको मिलेमतोमा संलग्नलाई कारबाही गर्न र नयाँ प्रचञ्च नरच्न चेतावनी समेत दिएको छ ।



प्रतिक्रिया दिनुहोस !